Showing posts with label प्रेम पत्र. Show all posts
Showing posts with label प्रेम पत्र. Show all posts

मेरी उनी ..........

कोपिला
तिमीलाई सम्भोधन गर्ने कुनै शब्द भएन नरिसाउनु है

छोटो जीवनको लामो सम्झना, काठमान्डौ को यो भिड नै भिड को सुनसान ठाउ बाट,सर्वप्रथम तिम्राे दिर्घायुको कामना गर्दछु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ, पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा नै भएन । एक्कासी कसैको आवाजले झस्कायो । यस्तो किन हुन्छ ? मन मन नै आफूले आफैलाई प्रश्न गरे । मेरो मनले भन्छ, तिमीलाईमाया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । न त मेरो मन,मस्तिष्क र ढुक्ढुकीलाई नै नकार्न सके न त मेरा यि आँखाहरुलाई नै बन्द गर्न सके । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर तिमी संग भन्न सक्दिनँ वा भनौ म मा त्यो सामथ्य नै छैन । हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून चाहने रहर राख्नु,तिम्राे एक्लो जीवनमा आफ्नो दुःख-सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी नि म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । हुन त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प म संग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन या भनौ म भन्दा धेरै माथीको कुरा हो । त्यसैले तिमी मलाई माया गछ्र्यौ या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।
म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु । यसको मतलव यो हैन की तिमी पनि मलाई नै माया गर्नु पर्छ भन्ने । यदि तिमीमा म प्रति माया छ भने अपनाउन सक्छौ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाइ आशा छ तिमीले स्वृकार छौ भन्ने ! यदि तिमीले मेरो मायालाई जति घृणा र तिरस्कारका वाणरुपी शब्दहरु ले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकी म तिमीलाई स्वछ र निस्वार्थ प्रेम गर्छु ,तिमी प्रतिको मेरो चाहना र प्रेम जब सम्म म यो धतीमा रहन्छु तव सम्म कहिल्यै अस्ताउने वा बिलाउने छैन किनकी म तिमीलाई सच्चा हृदृय देखीनै प्रेम गर्छु । मेरो मतलव यो होइन की तिमी मेरो जीवनमा
आईनौ भने पनि तिम्र्रै प्रेममा तड्पीने पागल प्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन । त्यसैले कृपया यो पत्र तिमीले पढने वित्तीकै मलाई मेल गर्ने छौ भन्ने आशा गदै तिमीबाट आजलाई ओझेल हुनेछु ।
उहि तिमीलाई माया गर्ने

अन्त मा सानो अनुरोध तिमि लाई म के भनेर सम्भोधन गरु जे जस्तो भए पनि तिम्रो पत्र को पर्खाइ मा छु ...............
दिपक
काठमाडौँ
प्रिय मन्जु
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।

किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु ।


त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होला तिमि रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ, हुन त माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु म, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् । त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला । जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन ।

हुन त जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिए तर शिब मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने । माया मलाइ गर या नगर म तिमिलाइ माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा ज्युने गर्याछु तिमिले मलाइ टुक्र्याए पनि म आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने म टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला । लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला । अब म माया गर्छु मात्र तिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदा हुन्छु .

उहि तिमिलाइ माया गर्ने
अशोक