बिगत को पाना

जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति
भएर होला। नरिसाउ अब देखी म तिमीलाई जुनु भन्छु है ...

तिमीलाई छुन अध्यारोको साहारा लिनु परेन कहिले न त तिमीलाई छुन उज्यालोको साथ नै लिनु प¥यो अझ भनौ भने जुनुु तिमीलाई मैले छुनु नै परेन , अझ त्यतिमात्र नभनौ तिमीलाई मैले छुन नै चहिन, छुन नचाहेको पाप लाग्ला भनेर हो तर पापी रहेछु क्यारे रुनु प¥यो मलाई तिमीलाई भन्दा धेरै, दाग लाग्ला जुनमा कतै तिमीलाई छुनु भन्दा पहिले हजार पटक सोचेथे मैले त्यसैले बरिष्ठ पाखुरा प्यारालाईसीसको जस्तै कामेको थियो तिमीलाई छुन खोज्दा, छुन डराउनेले कसरी हात थाम्ला जिन्दगीभर, कसरी साथ निभाउला जिन्दगी भर के यस्तै सोचेर मुटु फिर्ता मागेकी हो त जुनुु तिमीले । तिमीलाई मैले निशंकोच छोएको भए, तिमीले पनि निर्विरोध छु दिएको भए बढी भन्दा बढी हामी प्राकृतिक बन्थ्यो बढि भन्दा बढी
हामी दुनीय विर्सन्थ्यो, एक छिन स्वर्गीय आनन्दमा हुन्थ्यो त्यति मात्र तर जुनुु छुदै नछुएको मनको गहिराईमा किन पुग्नु म । म त मनको स्पर्सलाई जिवनको सहयात्रा ठान्दा ठान्दै पनि त्यहि स्पर्स बाट एकाएक करेन्टको झटका लागेझै धेरै पटक उछिटिएको मान्छे । जुनुु कोहि बिना कोहि बाँच्नै नसक्ने पनि होइन । जस्तो तिमी बिना म र म बिना तिमी बाच्नै नसक्ने पनि होइन तर पनि कुनै समय यस्तै लाग्थ्यो हामीलाई कुनै दिन । लाग्थ्यो जुनुु बिना दिपक अपुरो छ अधुरो छ र सायद जुनुुलाई पनि लाग्थ्यो दिपक बिनाको जुनुु अपाङ्ग छे असाहय छे तर यथार्थ त्यो रहेनछ । जुन आज हाम्रो अगाडि छर्लङ छ । आज साथ छुटि सके पनि तिमी मेरी नै हो रे यथार्थ हाम्रो जे होस अझ यो मन त के भन्छ थाहा छ जुनुु तिम्रो लागी यो ज्यान सधैको लागी हाजीर छ रे ।
पुरानो डायरी पल्टाउदै हेरे २०६२ मंसीर महिनाको शनिबारको दिन रहेछ पहिलो दिन तिमी र म घुम्न निस्केको चोखो मायाको शिलान्यास गरेको, माया पीरतीको डोरी बाटन थालेको अनि सुनौलो भविष्यको कल्पनामा पशुपतिको कैलाश डाडामा गएर गफ गर्ने बाहनामा बदम किनेर खाएको । तिमी पनि बा आमा लाई ढाटेर आयो होइन पशुपति । खै जुनुु त्यो दिन मलाई लागेको त्यस्तो होकी तिमी राम्री नै थियो थाहा छैन तर त्यति धेरै मान्छेको हुलमा तिमी भन्दा राम्रो अरु कोहि देखिएन । मन मनै कल्पना गर्न भ्याई हाले हामी आकाश भन्दा माथी छौ सुन्दर सपना को महलमा तिमी अनि म । तिमी कति सुरो है जुनुु छोरी मान्छे भएर पनि । म त कुनै केटी मन परे पनि तिमी लाई माया गर्छु भन्न सक्दिन । धेरै डर लाग्छ । तर तिमीले त कति सजिलो गरी भन्यो कि म संग जिन्दगी बिताउन चाहन्छु भनेर । म कति कायर है जुनुु मैले त तिमी संग प्रेम सम्बन्धी केहि कुरा नै गर्न सकिन फेरी तिमी पनि कीन लजाएकी नि । त्यो मन्दिर, हरियो चउर, त्यो रुख अनि हामीलाई टुलुटुलु हेरीरहेको पशुपतिको गजुर नै साक्षी होला है हाम्रो मायाको ।
असोज महिना, बिस्तारै बढेको चिसो, दशै सकेर शहरमा पढन आएको म । बिहानीको मिर्मीरे उज्यालो, चिसो हावा अनि बाक्लो हुस्सुलाई छिचोलेर बल्ल बल्ल कक्षामा पुग्दा टन्न भरेर ठाउनै थिएन । फेरी प्याक हुदा पनि किन तिम्ले नै बस्न दिएको नि । साथीले तिमीलाई गाली गर्दै थियो किन कोचेको भनेर । मैले त कसैलाई पनि चिन्दैन थिए, कति जाती तिमी, अनि कति राम्री, कति धेरै साथी तिम्रो, अनि कति मिठो बोली मलाई मात्र लागेको हो की तिमी थियो नै त्यस्तै । तिमी संग पहिलो दिन परिचय नभएपनि तिमी पहिलो साथी थियो मेरो त्यो कक्षामा । हुुन त पारु तिर्थ पनि त्यहि कलेज मा पढने भनेको थियो तर खै देखिएन । फेरी तिमी भए तिरै किन डेरा सरेछु तिमी पनि किन आएको नि मैले नै टयुसन पढने ठाउमा । हो जुनुु मैले नढाटी भन्नु पर्छ तिमीलाई त मैले त्यति खेर सम्म एउटा घनिष्ट साथी मिल्ने साथी सोचेको थियो पारु जस्तै, शान्ती जस्तै सुसीला जस्तै अनि गंगा जस्तै । मैले त तिमीलाई भनेको थियो नि जुनुु हामी सगै नहिडौ सबैले हामीलाई जिस्काउन थाल्यो भनेर तर तिमी मानेनौ उल्टै भन्नेको मुख टाल्न सकिदैन भन्यौ । विश्व अनुप हिमाल लाई हाम्रो कुरा गर्ने बाहना मात्र भयो । फेरी त्यो राकेश सर पनि ”कस्तो राम्रो छ तिमीहरुकोे जोडी ” भन्छ । थाहा छ जुनुु कहिले त मलाई रीस पनि उठथ्यो तर तिमी केटी मान्छे भएर पनि केहि नभन्ने कति सोझी तिमी सबैले जिस्काएर हो त तिमीले मेरो नोटमा तिम्रो र मेरो सम्बन्धको कुरा गरेकी, मायाको कुरा गरेकी, सुन्दर सपना देखेकी हो ।
सायद लाग्थ्यो मैले पशुपति क्याम्पसमा भर्ना गर्नु, त्यहि डी सेक्सनमा पढन बस्नु, तिमी भएति डेरा सर्नु, अनि त्यो बाटोमा तिमी र म मात्र हुनु । तिमी पनि बिहानीको कक्षामा नै भर्ना हुनु, म भए तिरै तिमी पनि ट्युसन पढनु कस्तो संयोग है जुनुु । कहिले त लाग्थ्यो भगवानले नै जुराई दिए जस्तो । सधै भेटे पनि, देखेपनि कस्तो है तिम्रो बानी म संग नै बस्नु पर्ने एउटै बेञ्चमा अनि म पनि झन के भको त जहा तिमी बस्यो त्यहि बस्नु पर्ने, सगै बस्नु पर्ने, एकले अर्काेलाई स्पर्स नगरी त बस्नै नसक्ने । कलेज बन्द हुदा कस्तो टेन्सन हुन्थयो है तिमीलाई अनि पढाई नहुने बितिकै पशुपतिमा मन्दिर घुम्न पुगीहाल्ने । त्यो सडक, गल्ली अनि दोबाटोहरु हामी हिडदा कति छोटो भएको है जुनुु । तिम्रो आगन भई हिडदा तिमी बस्ने घरको छतमा मेरो आखा नचाहेर पनि त्यता तिरनै दौडिहाल्थ्यो अनि साथीहरुलाई भनि दिन्थे मेरो जुनुु उ त्यहा बस्छे जुन तारा जस्तै माथी चम्केर । तिमी मलाई किन त्यति धेरै माया दिएको जुनुु बिहन पढदा पनि सगै हुदा पनि नभएर बा आमालाई ढाटेर मेरो कोठामा नै आउनु पर्ने । झन मेरो बुबा मोमी कोठामा हुदा नआउनु भनेको आयो होइन । पक्रिएन त रंगे हात । बुबा ले तिमीलाई तिम्रो घर कता भन्दा तिमी कस्तो गरी डराएको लाटी । थाहा छ जुनुु मैले बुबामोमी लाई त्यहि दिन नै भनेको थिए मैले मन पराएको केटी यहि हो भनेर । पुस महिनाको महिनाको त्यो चिसो मौसम, बाक्लो कुहीरो अनि जाडोमा कलेज आउनु पर्ने तिमी लाई चाहि कति राम्री हुनु पर्ने टोपी पञ्जा नलगाएर कलेज आउथ्यो । थाहा छ जुनुु तिमीलाई मैले टोपी पञ्जा किनी दिदा तिम्रो जुनुुलाई मात्र ल्याईदिने भन्दै तिम्रो साथीहरुले भन्दा कहिले त एकदम रीस उठथ्यो । किन डाहा गरेको होला है तिनीहरुले । त्यो पशुपति मन्दिरको सबै भित्ताहरुले देवलहरुले मुर्तिहरुले अनि माटोले पनि चिन्छ होला है । अनि मन्दिर भित्रको शिवले भन्थ्यो होला आयो यी जोडीहरु भनेर कीनकी धेरै भएछ तिमी र तिनीहरुको दर्शन गर्न गएको । दक्षिणकाली मन्दिर, गोदावरी, सुन्दरीजल, बालाजु पार्क स्वप्न बगैचा हरुलो पनि भुलेको छैन होला है हामीलाई । तिमी र म कहिले हात अनि कहिले अंगालो मारेर हिडेको । थाहा छ जुनुु तिमी संग हिडदा त मलाई यस्तो लाग्थ्यो मेरो वरीपरी अरु कोही छैन शुन्य छ । आँखामा मनमा, प्रत्यक धडकनमा मात्र तिमी । त्यसैले त तिमी बाट एकछिन टाढा जान सक्दीन थिए अनि तिमी पनि कुनै दिन मेरो मोबाइल अफ भयो भने अनुप र अशोक को मोबाइलमा फोन गरेर दुःख दिन्थ्यो होइन । तिम्रो बुढीको फोन आयो किन मोबाइल अफ गरेका भन्दै आउथ्यो राती । कति मिठो थियो है तिम्रो र मेरो साथ । तिमीले माया गरेरै हो त जुनुु मलाई बाबा भनेका अनि तिम्रो घरमा खाजा खादा मेरै जुठो थालमा खाएको । तिमीलाई घाउ हुदा मलाई धेरै दुख्थयो जुनुु सायद तिमीलाई पनि त्यस्तै हुन्थयो होला ।
पशुपति जादा, दक्षिणकाली जादा तिमीले अर्कै बर मागेकी हौ त जुनुु । किन तिमी एकाएक परिवर्तन हुन थालेको । तिमीलाई त मैले निस्वार्थ प्रेम गरेको थिए । हो जुनुु म हरेक समस्या लडन तयार थिए । तर तिम्रो घरमा म जादा तिम्ले अरुको इमेल किन खोलेको फेरी मेरो आखा पनि कस्तो तिमीले हानेका पासवर्ड देखीहाले तिम्रो नाम पो रहेछ । थाहा छ जुनुु त्यो दिन म छागा बाट खसे जस्तै भए । तिमीले पनि साथी मात्र हो भनेर ढाट्यो । अफिसमा ढाटेर आएको थिए तिमी लाई भेटन कति खेर अफिस पुगे थाहा नै भएन ।
अब त तिमी आधुनीक भयो है जुनुु साथी लाई आइ लभ यु भन्दा पनि साधारण भयो म त पुरानो जमनाको मान्छे तिमीले यस्तै भन्यो होइन मलाई । अनि कति सजिलै गरी भन्यो है तिमी त अब डाक्टर र ईन्जिनियर संग मात्र बिहे गर्छु भनेर । के तिमीले मन्दिर मा गएर यस्तै बर मागेकी हौ त जुनुु । फेरी किन चिनायो तिम्रो साथी कमला लाई सुनिता लाई फेरी किन भन्यो उ मेरो केटा साथी हो भनेर ।
नजिकिदै गरेको परिक्षामा मलाई असर पर्छ भनेर अलिकति पनि सोचेन है तिमीले । जुनुु तिमीले पटक पटक छातीमा प्रहार गरेको भालाबाट म भाग्न नै सकिन । साथीहरु त भन्थ्यो आजको जमनामा पनि निस्वार्थ प्रेम गर्ने हो भनेर तर मैले तिमीलाई कहिले त्यस्तो सोचिन । गल्ती तिम्रो होइन जुनुु मेरै हो दोष मेरै हो तिमीलाई दुनिया बिर्सेर मन पराउनु, मुटु भित्र राख्नु आखा भरी सजाउनु , मन भरि फुलाउनु । कल्पना नै कल्पना मा भित्र डुबेर तिमी सँग सपनाको संसार देख्नु । हो जुनुु म समय अुनसार चल्न सकिन र पो तिमीसंग एकहोरो भइ रहे आफ्नै जिन्दगीको अमुल्य पढाई पनि बिगारे ।
पुर्णीमाको रात पनि औसीको भन्दा अन्धकार लाग्न थाल्यो फेरी तिमीले कति सजिलै गरी भन्यो तिम्रो परिवारले डाक्टर इनजीनियर बाहेक अरु संग बिहे नै गर्दैन भनेर । तिमीलाई तिम्रो परिवार आफन्तको सबै थाहा थियो त फेरी किन म संग सम्बन्धको चाहना राख्यो र फेरी किन म बाट टाढा हुन सक्दैन तिमी मेरो साथी मात्र भए पनि बन भनेर नाटक गर्छाै । कहिले त लाग्थ्यो साथी संग गएर तिम्रो घरमा सबै कुरा गरदिउ अथवा बाटो मा तिमीलाई भेटेर सिन्दुर हालौ तर के गर्नु तिमी नै म सँग खुसी छैन भने के नै पो गर्न सक्छु । तिमीले जहिले पनि भेटदा तिम्रो बिनोदको मात्र कुरा गर्न थाल्यो । धेरै खुसी दिन्थ्यो होला है इन्जीनियर बिनोद ले तिमी लाई । त्यसैले त जुनुु तिम्रो पत्रहरु फोटोहरु सबै तिमीलाई नै फिर्ता गरीदिए । त्यो पल मलाई थाहा थिएन जुनुु म जिउदो थिए कि लास । तिमी हिडने बाटो कुरी बस्थे अनि फर्कन्थे ।
किनकी मेरो आँसुहरुले तिमी सँग बोल्न नै दिदैन थियो । मलाई थाहा थिएन छोरी मान्छेको मन पनि यति कठोर हुदो रहेछ पत्थर जस्तै । मेरो आखाको आँसुलाई त तिमीले साउने झरीको पानी सम्झेछ पल पल बगेको देख्दा पनि तिम्रो मन अलिकति पनि परिवर्तन भएन खै । हो जुनुु मलाई थाहा थिएन कहिले रात पर्छ कहिले घाम झुल्कीन्छ । कहिले खाने समय हो कहिले सुत्ने समय अनि कुनै बेला आफै सोध्थे के म पागल त भइन । के गर्नु जुनुु तिम्रो झुठो माया जालमा यस्तो गरी फेसेकी निस्कन धेरै गा¥हो भयो साचो भन्छु म निस्कन नै सकिन । निस्कने प्रयास गर्दा गर्दै पनि आफुले आफैलाई सम्हाल्दा सम्हाल्दे मेरो परिक्षा पनि सकेछ पछि थाहा भयो मैले परिक्षा त दिएछु खै यो परिक्षा मा तिम्रो शुभकामना पनि आएन । म किन बहुला जस्तो भए तिम्रो लागी यस्तो गरी थाहा छैन तर थोरै अनुभव गरे मान्छे हरु किन आत्माहत्या गर्छ भनेर । फेरी सोच्थे यी सब पिडा तिमीलाई भनेर केहि हुदैन किनकी तिमी त धेरै खुसी छौ ईन्जिनियर को साथ पाएको छौ । म त सडक को धुलो भए तिमीले हजारौ पटक कुल्चिए पनि सहनु पर्छ । दिल उज्यालो छ मन अध्यारो छ औचित्य के रहयो र पुर्णीमाको चम्किलो जुनको पनि ।
हो जुनुु तिमीलाई त मैले भनेको थियो नि धेरै केटाहरुले टाइमपास को रुपमा हेर्छ, मनोरञ्जनको रुपमा हेर्छ, स्वार्थको रुपमा हेर्छ अनि एकै छिन स्वर्गिय आनन्द पाउनको निम्ती हेर्छ भनेर मैले यो पनि भनेको थिएकी तिमीलाई बिनोदले तिम्रो शरिर मात्र चाहन्छ भनेर तर तिमी मानेनौ । मेरो केहि कुरा पनि सुनेनौ । तिमी त धन सम्पत्ति देखेर प्रेम गर्न थाल्यो । फेरी किन मानेनौ त तिमीले बिनोद ले भनेको कुरा किन बिताएनो एक पल उनी सग कि मलाई झुटो बोल्यो तिमीले । म पनि कस्तो है जुनुु तिमीले हजारौ चोट दिदा पनि तिम्रो काम पर्दा समस्या पर्दा , साथ चाहिदा जरुरी काम पर्दा पनि तिमी भए ति गइ हाल्ने । कमला, हिमाल, अनुप, बिश्व हरुले त गाली पनि ग¥यो फेरी किन त्यसकै पछि हिडेको भनेर । तर के गर्नु जुनुु म तिम्रो दुःख सुन्न चाहदिन थिए । त्यसैले त गए यो शहर छाडेर तिमी भन्दा पर । मलाई थाहा थियो जुनुु तिम्रो अर्कै इन्जीनीयर सँग बिहे हुदैछ, इन्गेजमेन्ट हुदैछ भनेर । तर तिम्रो त म टाइमपास वा काम पर्दाको साथी मात्र भए तिमीले ढाटी रहयो मलाई । तिम्रो बिहेमा आउन अघिल्लो दिन नै म यति एयरलाइन्स बाट आएको थिए तर साथीहरुले जान नै दिएन फेरी तिमीले पनि निम्तो नै दिएनौ । किन मैले केहि गर्छ भनेर हो जुनुु फिल्ममा जस्तै ।
असान्त मनलाई धेरै बेरको प्रयासले समहाले सोच अव जे भयो भयो सोचे उ खुसी हुन्छ भने म खुसी हुनु पर्छ मन साने पारेर हुदैन । त्यहि पनि एक पटक भेटौकी जस्तो लाग्यो तर हिम्मत आएन मानौ दोषी पापी म नै हुँ । धेरैले त जुनुु धोकेबाद हो भने कतिले मलाई दोषी देखाए अनि कति ले त भने आईमाईको मन भगवान जानुन । जो जसले जे भने पनि पिडा मेरै मनमा छ जुनुु बेथा मेरैमन छ । प्रेग गर्छुभनेर गर्ने चिज रहेनछ । यसले त आफै तान्दो रहेछ आफ्नै भुलभुलैयामा मान्छे लाई । प्रेममा प्रयोग हुने शब्दहरु प्रेम, माया, बिश्वास, भरोसा, आशा, खुसी, हासो, रोदन, धोका, पिडा पश्चाताप, आदि सम्पुर्ण कुुराहरुमा डुब्न थाले अब म फल स्वरुप एउटा निश्कर्ष निकालेको छु आज भोली मैले । जुन निष्कर्ष ले मलाई जिवन जिउन मदत गरेको छ । प्रेममा मान्छे अन्धो हुन्छ । प्रेममा मान्छे बहिरो हुन्छ अनि प्रेममा मान्छे शुन्य हुन्छ । धोका र बिश्वास भन्ने शब्दको बिचमा अर्काे एउटा अर्काे शब्द हुन्छ त्यो हो भ्रम विश्वास भित्रै पनि भ्रम हुन सक्छ र धोका भित्रै पनि भ्रम हुन सक्छ । हुन सक्छ तिमी र म हिजो दुनिया भुलेर एक अर्कामा हराएको बेला जुन
बिश्वासको जन्म भएको थियो त्यो नै एउटा मिठो भ्रम पो थियो कि त्यसैले त हामी यथार्थ भन्दा माथी उठेर एक अर्काको प्रेम र समर्पणको ग्यारेण्टी दिन्थ्यो दुनीया सग र हुन सक्छ आज तिमीले गरेको निर्णय एउटा धोका हो भनेर सम्झीहाल्नु मेरो भ्रम हुन सक्छ वा तिम्रो बाध्यता हो भन्नु पनि मेरो भ्रम हुन सक्छ । यो भ्रम त जुनुु असमझदारीको उपज रहेछ । त्यसैले जुनुु अब जे भयो सो भयो तिमी बिवाहित जिन्दगीमा छौ अव तिम्रो सम्बन्ध अरु कसै सँग जोडिएको छ । त्यहा असमझदारी लाई जन्मन नदिनु । तिमी हास तिमी खुसि होउ यदा कदा रोई हाले पनि बिगत सम्झेर नुरुनु जुन बिगतमा दिपक हुनेछ । र म पनि प्रयास गर्छु । म पनि जुनुु सहितको बिगत लाई मिठो सपना सम्झेर बाची रहनेछु
सधै भरी
जुनी भरी
अल बिदा ...

तिमी

मेरो बाच्ने आधार तिमी सँग छ
मेरो सारा संसार तिमी सँग छ ।
कहाँ छु र म त्यती भाग््यमानि
भाग््यमानी निधार त तिमी सँग छ ।
उजाडिएछ दिपक तिमी गए देखि
बसन्तको बहार त तिमी सँग छ ।
तिम्रो आगमनले म निको हुनेछु
घाईते मनको उपचार तिमी सँग छ ।

अघोषित सम्बन्ध


स री है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हँुदै मैले भनँे।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

"तिमी कहिले आयौ लन्डनबाट?" उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरनिा थिई।

चार वर्षअघि हामी छुट्टएिका थियौँ।

त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।

कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।

विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गथ्र्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।

तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरयिोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।

पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।

"के गर्दै छेस्, कहाँ छेस्?" मौनता चिर्दै मैले सोधेँ।

लामो सास फेर्दै ऊ बोली, "बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।" वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।

"तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?" मैले सोधेँ। अस्ितजस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।

एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।

अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।

तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।

उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, "यसलाई के भयो?"

एकैछिनमा उसले मोबाइलको एउटा तस्िबर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।

"को हो यो?" मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, "त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।"

ऊ सम्बोधनमा तिमीबाट 'तँ'मा झरसिकेकी थिई।

"तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्‍यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्‍याएँ," ऊ भन्दै थिई।

"यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु," यस्तै यस्तै लामो कुरा गर्‍यो।

चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, "सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।"

म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।

"अनि?" मैले एउटा प्रश्न तेस्र्याएँ।

"तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।"

"बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।"

यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेर िअर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।

उसले कुरा अघि बढाई, "त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, "तिमी कता? मेरो काम सकियो।" मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारन्िथेँ।

ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रसिाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।

तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको भै“m कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।

"म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकषिर्त थिएँ।"

"बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, "उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।" अनि, म प्याउली भएर भन्थेँ, "टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?" "मसँग नजिस्क बाबा, छिटो उठ !" ऊ फोन राख्थ्यो।

"ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गथ्र्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।" ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।

मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरनिाले मानिन। भन्थी, "मेरो कारणले उसको जिन्दगी बिगार्नु हँुदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।"

चुरोटको ठुटो टे्रमा राख्दै भनी, "सबै थोक गुमाएँ केही छैन अब मसँग।" अनि, लामो सास तानी।

रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।

फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरनिँ।

"धेरै बाँच्नु छ, जिन्दगी सुधार," भनेँ। "कसका लागि सुधारौँ? किन सुधारौँ?" ऊ बोली, "बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुधि्रनु छैन।"

म निरुत्तर भएँ।

तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरनिाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्ितष्क भरयिो।

उत्तर खोजिरहेँ तर पाइनँ। म रातभर िउसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको पे्रमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्यँूझिएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, "म टिचिङ् हस्िपटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरनिा भन्ने महिलालाई चिन्नुहुन्छ?" मैले आश्चर्य मान्दै स्व्ाीकारोक्तिमा जवाफ दिएँ।

त्यो पुरुषले भन्यो, "हामीले सरनिाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।" अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरनिाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

copy

दुख लाग्छ


No one is mine
May be Im not fine,

No one cares 4 me
No one has tears 4 me,

No one belives me
Everyone says leave me,

If I ever cry
No one wil even ask why?

and If I ever die
No one will cry,

No one says take care
Everyone says I dont care,

When I need someone 4 myself
I find no one 4help,

I dont know why?
Maybe talking to me they feel shy..!!


No one is mine
Maybe I m not fine... :-|