Showing posts with label टाइम पास यता है. Show all posts
Showing posts with label टाइम पास यता है. Show all posts

एकछिन हासौं (रमाइला प्रश्न उत्तर)

प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!
प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।
प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?

उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला
चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन ।
प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर ।
प्रश्नः हरेक श्रीमतीहरु आफ्ना पतिलाई किन शंका गर्छन् ?
उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् ।
प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?
उत्तरः नेताहरु भोकभोकै हुन्छन् ।
प्रश्नः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?
उत्तरः म त तिमी हिडेपछिमात्रै ।
प्रश्नः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
उत्तरः सरलाई १५ बर्षदेखी यही कक्षामै पढाई रहन लाज नलागेपछि मलाई के को लाज

आधुनिक रिमिक्स टुक्का हरु

बेला बेलामा हाम्रो मुख बाट पनि अनायास उखान टुक्काहरु निस्कन्छन । नेपाली उखान टुक्काहरु प्राय: समय सान्दर्भिक छन र हरेक उखान टुक्काहरुका कुनै न कुनै अर्थ छन । तर रमाइलोको लागि केही उखान टुक्काहरुका रिमिक्स भर्सन :-

1 न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
६ जसले बियर फोर्छ , उसको हात गनाउछ ।
७ नशा भनेको सुर्तीले पनि दिन्छ ।
८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष
९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
१० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
११ मनको लद्दु बियर सँग खा
१२ जाडो भयो राती अनी बुढी ताती
१३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
१४ जुन नेता आए पनि घुस खान नछाड्ने
१५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा

जोक हरु

३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
---------------------------------------------
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
-------------------------------------------------
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
-----------------------------
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
-------------------------------------
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !
------------------------------
श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
---------------------------------
बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला
------------------------------------
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
---------------------------------
बाबु : छोरा तैले गधा देखेको छस ??
छोरा : देखेको छु ड्याडी ..
बाबु : अनी उल्लु नि ??
छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?
बाबु : तँ त्यस्तै छस त्यसैले
छोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...