Showing posts with label आफ्नै यात्रा. Show all posts
Showing posts with label आफ्नै यात्रा. Show all posts

बिगत को पाना

जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति
भएर होला। नरिसाउ अब देखी म तिमीलाई जुनु भन्छु है ...

तिमीलाई छुन अध्यारोको साहारा लिनु परेन कहिले न त तिमीलाई छुन उज्यालोको साथ नै लिनु प¥यो अझ भनौ भने जुनुु तिमीलाई मैले छुनु नै परेन , अझ त्यतिमात्र नभनौ तिमीलाई मैले छुन नै चहिन, छुन नचाहेको पाप लाग्ला भनेर हो तर पापी रहेछु क्यारे रुनु प¥यो मलाई तिमीलाई भन्दा धेरै, दाग लाग्ला जुनमा कतै तिमीलाई छुनु भन्दा पहिले हजार पटक सोचेथे मैले त्यसैले बरिष्ठ पाखुरा प्यारालाईसीसको जस्तै कामेको थियो तिमीलाई छुन खोज्दा, छुन डराउनेले कसरी हात थाम्ला जिन्दगीभर, कसरी साथ निभाउला जिन्दगी भर के यस्तै सोचेर मुटु फिर्ता मागेकी हो त जुनुु तिमीले । तिमीलाई मैले निशंकोच छोएको भए, तिमीले पनि निर्विरोध छु दिएको भए बढी भन्दा बढी हामी प्राकृतिक बन्थ्यो बढि भन्दा बढी
हामी दुनीय विर्सन्थ्यो, एक छिन स्वर्गीय आनन्दमा हुन्थ्यो त्यति मात्र तर जुनुु छुदै नछुएको मनको गहिराईमा किन पुग्नु म । म त मनको स्पर्सलाई जिवनको सहयात्रा ठान्दा ठान्दै पनि त्यहि स्पर्स बाट एकाएक करेन्टको झटका लागेझै धेरै पटक उछिटिएको मान्छे । जुनुु कोहि बिना कोहि बाँच्नै नसक्ने पनि होइन । जस्तो तिमी बिना म र म बिना तिमी बाच्नै नसक्ने पनि होइन तर पनि कुनै समय यस्तै लाग्थ्यो हामीलाई कुनै दिन । लाग्थ्यो जुनुु बिना दिपक अपुरो छ अधुरो छ र सायद जुनुुलाई पनि लाग्थ्यो दिपक बिनाको जुनुु अपाङ्ग छे असाहय छे तर यथार्थ त्यो रहेनछ । जुन आज हाम्रो अगाडि छर्लङ छ । आज साथ छुटि सके पनि तिमी मेरी नै हो रे यथार्थ हाम्रो जे होस अझ यो मन त के भन्छ थाहा छ जुनुु तिम्रो लागी यो ज्यान सधैको लागी हाजीर छ रे ।
पुरानो डायरी पल्टाउदै हेरे २०६२ मंसीर महिनाको शनिबारको दिन रहेछ पहिलो दिन तिमी र म घुम्न निस्केको चोखो मायाको शिलान्यास गरेको, माया पीरतीको डोरी बाटन थालेको अनि सुनौलो भविष्यको कल्पनामा पशुपतिको कैलाश डाडामा गएर गफ गर्ने बाहनामा बदम किनेर खाएको । तिमी पनि बा आमा लाई ढाटेर आयो होइन पशुपति । खै जुनुु त्यो दिन मलाई लागेको त्यस्तो होकी तिमी राम्री नै थियो थाहा छैन तर त्यति धेरै मान्छेको हुलमा तिमी भन्दा राम्रो अरु कोहि देखिएन । मन मनै कल्पना गर्न भ्याई हाले हामी आकाश भन्दा माथी छौ सुन्दर सपना को महलमा तिमी अनि म । तिमी कति सुरो है जुनुु छोरी मान्छे भएर पनि । म त कुनै केटी मन परे पनि तिमी लाई माया गर्छु भन्न सक्दिन । धेरै डर लाग्छ । तर तिमीले त कति सजिलो गरी भन्यो कि म संग जिन्दगी बिताउन चाहन्छु भनेर । म कति कायर है जुनुु मैले त तिमी संग प्रेम सम्बन्धी केहि कुरा नै गर्न सकिन फेरी तिमी पनि कीन लजाएकी नि । त्यो मन्दिर, हरियो चउर, त्यो रुख अनि हामीलाई टुलुटुलु हेरीरहेको पशुपतिको गजुर नै साक्षी होला है हाम्रो मायाको ।
असोज महिना, बिस्तारै बढेको चिसो, दशै सकेर शहरमा पढन आएको म । बिहानीको मिर्मीरे उज्यालो, चिसो हावा अनि बाक्लो हुस्सुलाई छिचोलेर बल्ल बल्ल कक्षामा पुग्दा टन्न भरेर ठाउनै थिएन । फेरी प्याक हुदा पनि किन तिम्ले नै बस्न दिएको नि । साथीले तिमीलाई गाली गर्दै थियो किन कोचेको भनेर । मैले त कसैलाई पनि चिन्दैन थिए, कति जाती तिमी, अनि कति राम्री, कति धेरै साथी तिम्रो, अनि कति मिठो बोली मलाई मात्र लागेको हो की तिमी थियो नै त्यस्तै । तिमी संग पहिलो दिन परिचय नभएपनि तिमी पहिलो साथी थियो मेरो त्यो कक्षामा । हुुन त पारु तिर्थ पनि त्यहि कलेज मा पढने भनेको थियो तर खै देखिएन । फेरी तिमी भए तिरै किन डेरा सरेछु तिमी पनि किन आएको नि मैले नै टयुसन पढने ठाउमा । हो जुनुु मैले नढाटी भन्नु पर्छ तिमीलाई त मैले त्यति खेर सम्म एउटा घनिष्ट साथी मिल्ने साथी सोचेको थियो पारु जस्तै, शान्ती जस्तै सुसीला जस्तै अनि गंगा जस्तै । मैले त तिमीलाई भनेको थियो नि जुनुु हामी सगै नहिडौ सबैले हामीलाई जिस्काउन थाल्यो भनेर तर तिमी मानेनौ उल्टै भन्नेको मुख टाल्न सकिदैन भन्यौ । विश्व अनुप हिमाल लाई हाम्रो कुरा गर्ने बाहना मात्र भयो । फेरी त्यो राकेश सर पनि ”कस्तो राम्रो छ तिमीहरुकोे जोडी ” भन्छ । थाहा छ जुनुु कहिले त मलाई रीस पनि उठथ्यो तर तिमी केटी मान्छे भएर पनि केहि नभन्ने कति सोझी तिमी सबैले जिस्काएर हो त तिमीले मेरो नोटमा तिम्रो र मेरो सम्बन्धको कुरा गरेकी, मायाको कुरा गरेकी, सुन्दर सपना देखेकी हो ।
सायद लाग्थ्यो मैले पशुपति क्याम्पसमा भर्ना गर्नु, त्यहि डी सेक्सनमा पढन बस्नु, तिमी भएति डेरा सर्नु, अनि त्यो बाटोमा तिमी र म मात्र हुनु । तिमी पनि बिहानीको कक्षामा नै भर्ना हुनु, म भए तिरै तिमी पनि ट्युसन पढनु कस्तो संयोग है जुनुु । कहिले त लाग्थ्यो भगवानले नै जुराई दिए जस्तो । सधै भेटे पनि, देखेपनि कस्तो है तिम्रो बानी म संग नै बस्नु पर्ने एउटै बेञ्चमा अनि म पनि झन के भको त जहा तिमी बस्यो त्यहि बस्नु पर्ने, सगै बस्नु पर्ने, एकले अर्काेलाई स्पर्स नगरी त बस्नै नसक्ने । कलेज बन्द हुदा कस्तो टेन्सन हुन्थयो है तिमीलाई अनि पढाई नहुने बितिकै पशुपतिमा मन्दिर घुम्न पुगीहाल्ने । त्यो सडक, गल्ली अनि दोबाटोहरु हामी हिडदा कति छोटो भएको है जुनुु । तिम्रो आगन भई हिडदा तिमी बस्ने घरको छतमा मेरो आखा नचाहेर पनि त्यता तिरनै दौडिहाल्थ्यो अनि साथीहरुलाई भनि दिन्थे मेरो जुनुु उ त्यहा बस्छे जुन तारा जस्तै माथी चम्केर । तिमी मलाई किन त्यति धेरै माया दिएको जुनुु बिहन पढदा पनि सगै हुदा पनि नभएर बा आमालाई ढाटेर मेरो कोठामा नै आउनु पर्ने । झन मेरो बुबा मोमी कोठामा हुदा नआउनु भनेको आयो होइन । पक्रिएन त रंगे हात । बुबा ले तिमीलाई तिम्रो घर कता भन्दा तिमी कस्तो गरी डराएको लाटी । थाहा छ जुनुु मैले बुबामोमी लाई त्यहि दिन नै भनेको थिए मैले मन पराएको केटी यहि हो भनेर । पुस महिनाको महिनाको त्यो चिसो मौसम, बाक्लो कुहीरो अनि जाडोमा कलेज आउनु पर्ने तिमी लाई चाहि कति राम्री हुनु पर्ने टोपी पञ्जा नलगाएर कलेज आउथ्यो । थाहा छ जुनुु तिमीलाई मैले टोपी पञ्जा किनी दिदा तिम्रो जुनुुलाई मात्र ल्याईदिने भन्दै तिम्रो साथीहरुले भन्दा कहिले त एकदम रीस उठथ्यो । किन डाहा गरेको होला है तिनीहरुले । त्यो पशुपति मन्दिरको सबै भित्ताहरुले देवलहरुले मुर्तिहरुले अनि माटोले पनि चिन्छ होला है । अनि मन्दिर भित्रको शिवले भन्थ्यो होला आयो यी जोडीहरु भनेर कीनकी धेरै भएछ तिमी र तिनीहरुको दर्शन गर्न गएको । दक्षिणकाली मन्दिर, गोदावरी, सुन्दरीजल, बालाजु पार्क स्वप्न बगैचा हरुलो पनि भुलेको छैन होला है हामीलाई । तिमी र म कहिले हात अनि कहिले अंगालो मारेर हिडेको । थाहा छ जुनुु तिमी संग हिडदा त मलाई यस्तो लाग्थ्यो मेरो वरीपरी अरु कोही छैन शुन्य छ । आँखामा मनमा, प्रत्यक धडकनमा मात्र तिमी । त्यसैले त तिमी बाट एकछिन टाढा जान सक्दीन थिए अनि तिमी पनि कुनै दिन मेरो मोबाइल अफ भयो भने अनुप र अशोक को मोबाइलमा फोन गरेर दुःख दिन्थ्यो होइन । तिम्रो बुढीको फोन आयो किन मोबाइल अफ गरेका भन्दै आउथ्यो राती । कति मिठो थियो है तिम्रो र मेरो साथ । तिमीले माया गरेरै हो त जुनुु मलाई बाबा भनेका अनि तिम्रो घरमा खाजा खादा मेरै जुठो थालमा खाएको । तिमीलाई घाउ हुदा मलाई धेरै दुख्थयो जुनुु सायद तिमीलाई पनि त्यस्तै हुन्थयो होला ।
पशुपति जादा, दक्षिणकाली जादा तिमीले अर्कै बर मागेकी हौ त जुनुु । किन तिमी एकाएक परिवर्तन हुन थालेको । तिमीलाई त मैले निस्वार्थ प्रेम गरेको थिए । हो जुनुु म हरेक समस्या लडन तयार थिए । तर तिम्रो घरमा म जादा तिम्ले अरुको इमेल किन खोलेको फेरी मेरो आखा पनि कस्तो तिमीले हानेका पासवर्ड देखीहाले तिम्रो नाम पो रहेछ । थाहा छ जुनुु त्यो दिन म छागा बाट खसे जस्तै भए । तिमीले पनि साथी मात्र हो भनेर ढाट्यो । अफिसमा ढाटेर आएको थिए तिमी लाई भेटन कति खेर अफिस पुगे थाहा नै भएन ।
अब त तिमी आधुनीक भयो है जुनुु साथी लाई आइ लभ यु भन्दा पनि साधारण भयो म त पुरानो जमनाको मान्छे तिमीले यस्तै भन्यो होइन मलाई । अनि कति सजिलै गरी भन्यो है तिमी त अब डाक्टर र ईन्जिनियर संग मात्र बिहे गर्छु भनेर । के तिमीले मन्दिर मा गएर यस्तै बर मागेकी हौ त जुनुु । फेरी किन चिनायो तिम्रो साथी कमला लाई सुनिता लाई फेरी किन भन्यो उ मेरो केटा साथी हो भनेर ।
नजिकिदै गरेको परिक्षामा मलाई असर पर्छ भनेर अलिकति पनि सोचेन है तिमीले । जुनुु तिमीले पटक पटक छातीमा प्रहार गरेको भालाबाट म भाग्न नै सकिन । साथीहरु त भन्थ्यो आजको जमनामा पनि निस्वार्थ प्रेम गर्ने हो भनेर तर मैले तिमीलाई कहिले त्यस्तो सोचिन । गल्ती तिम्रो होइन जुनुु मेरै हो दोष मेरै हो तिमीलाई दुनिया बिर्सेर मन पराउनु, मुटु भित्र राख्नु आखा भरी सजाउनु , मन भरि फुलाउनु । कल्पना नै कल्पना मा भित्र डुबेर तिमी सँग सपनाको संसार देख्नु । हो जुनुु म समय अुनसार चल्न सकिन र पो तिमीसंग एकहोरो भइ रहे आफ्नै जिन्दगीको अमुल्य पढाई पनि बिगारे ।
पुर्णीमाको रात पनि औसीको भन्दा अन्धकार लाग्न थाल्यो फेरी तिमीले कति सजिलै गरी भन्यो तिम्रो परिवारले डाक्टर इनजीनियर बाहेक अरु संग बिहे नै गर्दैन भनेर । तिमीलाई तिम्रो परिवार आफन्तको सबै थाहा थियो त फेरी किन म संग सम्बन्धको चाहना राख्यो र फेरी किन म बाट टाढा हुन सक्दैन तिमी मेरो साथी मात्र भए पनि बन भनेर नाटक गर्छाै । कहिले त लाग्थ्यो साथी संग गएर तिम्रो घरमा सबै कुरा गरदिउ अथवा बाटो मा तिमीलाई भेटेर सिन्दुर हालौ तर के गर्नु तिमी नै म सँग खुसी छैन भने के नै पो गर्न सक्छु । तिमीले जहिले पनि भेटदा तिम्रो बिनोदको मात्र कुरा गर्न थाल्यो । धेरै खुसी दिन्थ्यो होला है इन्जीनियर बिनोद ले तिमी लाई । त्यसैले त जुनुु तिम्रो पत्रहरु फोटोहरु सबै तिमीलाई नै फिर्ता गरीदिए । त्यो पल मलाई थाहा थिएन जुनुु म जिउदो थिए कि लास । तिमी हिडने बाटो कुरी बस्थे अनि फर्कन्थे ।
किनकी मेरो आँसुहरुले तिमी सँग बोल्न नै दिदैन थियो । मलाई थाहा थिएन छोरी मान्छेको मन पनि यति कठोर हुदो रहेछ पत्थर जस्तै । मेरो आखाको आँसुलाई त तिमीले साउने झरीको पानी सम्झेछ पल पल बगेको देख्दा पनि तिम्रो मन अलिकति पनि परिवर्तन भएन खै । हो जुनुु मलाई थाहा थिएन कहिले रात पर्छ कहिले घाम झुल्कीन्छ । कहिले खाने समय हो कहिले सुत्ने समय अनि कुनै बेला आफै सोध्थे के म पागल त भइन । के गर्नु जुनुु तिम्रो झुठो माया जालमा यस्तो गरी फेसेकी निस्कन धेरै गा¥हो भयो साचो भन्छु म निस्कन नै सकिन । निस्कने प्रयास गर्दा गर्दै पनि आफुले आफैलाई सम्हाल्दा सम्हाल्दे मेरो परिक्षा पनि सकेछ पछि थाहा भयो मैले परिक्षा त दिएछु खै यो परिक्षा मा तिम्रो शुभकामना पनि आएन । म किन बहुला जस्तो भए तिम्रो लागी यस्तो गरी थाहा छैन तर थोरै अनुभव गरे मान्छे हरु किन आत्माहत्या गर्छ भनेर । फेरी सोच्थे यी सब पिडा तिमीलाई भनेर केहि हुदैन किनकी तिमी त धेरै खुसी छौ ईन्जिनियर को साथ पाएको छौ । म त सडक को धुलो भए तिमीले हजारौ पटक कुल्चिए पनि सहनु पर्छ । दिल उज्यालो छ मन अध्यारो छ औचित्य के रहयो र पुर्णीमाको चम्किलो जुनको पनि ।
हो जुनुु तिमीलाई त मैले भनेको थियो नि धेरै केटाहरुले टाइमपास को रुपमा हेर्छ, मनोरञ्जनको रुपमा हेर्छ, स्वार्थको रुपमा हेर्छ अनि एकै छिन स्वर्गिय आनन्द पाउनको निम्ती हेर्छ भनेर मैले यो पनि भनेको थिएकी तिमीलाई बिनोदले तिम्रो शरिर मात्र चाहन्छ भनेर तर तिमी मानेनौ । मेरो केहि कुरा पनि सुनेनौ । तिमी त धन सम्पत्ति देखेर प्रेम गर्न थाल्यो । फेरी किन मानेनौ त तिमीले बिनोद ले भनेको कुरा किन बिताएनो एक पल उनी सग कि मलाई झुटो बोल्यो तिमीले । म पनि कस्तो है जुनुु तिमीले हजारौ चोट दिदा पनि तिम्रो काम पर्दा समस्या पर्दा , साथ चाहिदा जरुरी काम पर्दा पनि तिमी भए ति गइ हाल्ने । कमला, हिमाल, अनुप, बिश्व हरुले त गाली पनि ग¥यो फेरी किन त्यसकै पछि हिडेको भनेर । तर के गर्नु जुनुु म तिम्रो दुःख सुन्न चाहदिन थिए । त्यसैले त गए यो शहर छाडेर तिमी भन्दा पर । मलाई थाहा थियो जुनुु तिम्रो अर्कै इन्जीनीयर सँग बिहे हुदैछ, इन्गेजमेन्ट हुदैछ भनेर । तर तिम्रो त म टाइमपास वा काम पर्दाको साथी मात्र भए तिमीले ढाटी रहयो मलाई । तिम्रो बिहेमा आउन अघिल्लो दिन नै म यति एयरलाइन्स बाट आएको थिए तर साथीहरुले जान नै दिएन फेरी तिमीले पनि निम्तो नै दिएनौ । किन मैले केहि गर्छ भनेर हो जुनुु फिल्ममा जस्तै ।
असान्त मनलाई धेरै बेरको प्रयासले समहाले सोच अव जे भयो भयो सोचे उ खुसी हुन्छ भने म खुसी हुनु पर्छ मन साने पारेर हुदैन । त्यहि पनि एक पटक भेटौकी जस्तो लाग्यो तर हिम्मत आएन मानौ दोषी पापी म नै हुँ । धेरैले त जुनुु धोकेबाद हो भने कतिले मलाई दोषी देखाए अनि कति ले त भने आईमाईको मन भगवान जानुन । जो जसले जे भने पनि पिडा मेरै मनमा छ जुनुु बेथा मेरैमन छ । प्रेग गर्छुभनेर गर्ने चिज रहेनछ । यसले त आफै तान्दो रहेछ आफ्नै भुलभुलैयामा मान्छे लाई । प्रेममा प्रयोग हुने शब्दहरु प्रेम, माया, बिश्वास, भरोसा, आशा, खुसी, हासो, रोदन, धोका, पिडा पश्चाताप, आदि सम्पुर्ण कुुराहरुमा डुब्न थाले अब म फल स्वरुप एउटा निश्कर्ष निकालेको छु आज भोली मैले । जुन निष्कर्ष ले मलाई जिवन जिउन मदत गरेको छ । प्रेममा मान्छे अन्धो हुन्छ । प्रेममा मान्छे बहिरो हुन्छ अनि प्रेममा मान्छे शुन्य हुन्छ । धोका र बिश्वास भन्ने शब्दको बिचमा अर्काे एउटा अर्काे शब्द हुन्छ त्यो हो भ्रम विश्वास भित्रै पनि भ्रम हुन सक्छ र धोका भित्रै पनि भ्रम हुन सक्छ । हुन सक्छ तिमी र म हिजो दुनिया भुलेर एक अर्कामा हराएको बेला जुन
बिश्वासको जन्म भएको थियो त्यो नै एउटा मिठो भ्रम पो थियो कि त्यसैले त हामी यथार्थ भन्दा माथी उठेर एक अर्काको प्रेम र समर्पणको ग्यारेण्टी दिन्थ्यो दुनीया सग र हुन सक्छ आज तिमीले गरेको निर्णय एउटा धोका हो भनेर सम्झीहाल्नु मेरो भ्रम हुन सक्छ वा तिम्रो बाध्यता हो भन्नु पनि मेरो भ्रम हुन सक्छ । यो भ्रम त जुनुु असमझदारीको उपज रहेछ । त्यसैले जुनुु अब जे भयो सो भयो तिमी बिवाहित जिन्दगीमा छौ अव तिम्रो सम्बन्ध अरु कसै सँग जोडिएको छ । त्यहा असमझदारी लाई जन्मन नदिनु । तिमी हास तिमी खुसि होउ यदा कदा रोई हाले पनि बिगत सम्झेर नुरुनु जुन बिगतमा दिपक हुनेछ । र म पनि प्रयास गर्छु । म पनि जुनुु सहितको बिगत लाई मिठो सपना सम्झेर बाची रहनेछु
सधै भरी
जुनी भरी
अल बिदा ...

दुख लाग्छ


No one is mine
May be Im not fine,

No one cares 4 me
No one has tears 4 me,

No one belives me
Everyone says leave me,

If I ever cry
No one wil even ask why?

and If I ever die
No one will cry,

No one says take care
Everyone says I dont care,

When I need someone 4 myself
I find no one 4help,

I dont know why?
Maybe talking to me they feel shy..!!


No one is mine
Maybe I m not fine... :-|

उन्यु फुल्छ र


आज विहानीको चिसो, अनि कुहिरो लाई छिचाल्दै पशुपतिको दर्शन गर्न पुग्छु । मधुर बलेको पोलको बति, सुनसान सडक, अनि थोरै मर्निङवाक गर्न हिडेका मान्छेको समुह । सायद मंसीरको महिना अनि चिसो भएर होला मन्दिरमा दर्शन गर्ने भक्तालुहरु पनि कम थियो । साथी असोक भन्दै थियो “ हे यस्तो चिसो मा पनि मन्दिर आउने भन्छ अब त म आउदिन बरु सुतेर बस्छु । ” “हैन धर्म कर्म गर्नु पर्छ के कहिले काहि त ” “ भो म त गर्दिन तैले त गर्थिस नि खुब धर्म त्यहि भएर भगवानले हेरेको अनि आज यो हाल छ । के पाइस त्यहि टेन्सन होइन ” म बोल्छु “ हेर जे भयो राम्रै भयो, जे हुन्छ राम्रैको लागी हुन्छ ” “भो यस्तो भाषण नदे मलाई ” त्यस पछि हामी चुप भएर दर्शन गरेर कोठामा सिधै हानिन्छौ । म अब १५ दिन पछि अफिसको काम ले कतार जादैछु । आशा छ काम राम्रै हुन्छ होला । तयारीको लागी बिदा मिलेको छ । सोच्छु पोखरा घुम्न जाऊ अनि बिदाको सदुपयोग गरौ । अशोक लाई फकाउछु ऊ तयार हुन्छ ।
बिहानको खाना पछि हामी कलंकी गएर बसमा आरमले जाने सोच अनुसार टिकट काट्यो । हाम्रो सिट सगै परेन । उसलाई अगाडिको सिटमा राखेर म पछाडी सिटमा गए । उसको सिटमा त राम्री केटि पो परेरछ । मैले भने “ ओई सिट साटौन ल” “पर्दैन मलाई बान्ता हुन्छ पछाडी बस्यो भने” “हुन्छ बान्ता मुला बरु भन न त्यहि बस्छु भनेर, म छाडदिन्छु ” म आफ्नो सिट तर्फ गए उनि हरु हानाथाप गर्दै थियो झ्यालमा को बस्ने भनेर म सरासरी आफ्नो सिटमा गएर बसे ।
झुस्स अलिकति दारी, कान छोपेको आधुनिक रातो कपाल, जिन्स पाईन्ट, अनि लेदरको कालो ज्याकेट लगाएको एउटा युवा मेरो नजिक आएर बस्यो । उनको साथमा एउटा हिस्सी परेको सानो केटो थियो, सोचे सायद छोरा होला । एक छिन पछि बच्चा रुन थाल्यो मैले सोधे “उसको मोमी छैन” “घरमा नै छ” दुखी मनले बोल्यो ऊ । लाग्यो उ ठुलो समस्यामा परेको छ । म चुप चाप बसे । उ बिभिन्न उपाय लगाएर बच्चा लाई फकाउन प्रयासमा थियो । कहिले मोबाइल, कहिले कलम, कहिले अरु खेलाउन दिएर फकाउने प्रयास गर्दै थियो । सबै जना भन्दै थियो बच्चाको आमा छैन की के हो .............. ?
मैले कुरा कोट्याउने प्रयास गरे । यति बेला सम्म हाम्रो यात्राले थानकोट लाई बिदाई गर्दै थियो । मैले सोधे “ तपाई कहा सम्म” “ चिप्लेढुङ्गा सम्म अनि तपाई नी ”“ खै दाई म त घुम्न हिडेको यसो फेवाताल अनि महेन्द्र गुफा तिर घुमेर फर्किन्छु होला ” “ए त्यसो भए राम्रै हो अनि भाई घर कता नि ”“मेरा काठमाडौ तिरै हो अनि दाई यति सानो बच्चा लाई कीन तपाईले लिएर हिडनु भएको दुध खादै होला है ” उनको अनुहारमा एक्कासी परिवर्तन देखे । आँखाको डिल डिल सम्म आसुहरु छचल्किएको थियो । अनुहारमा पिडा देखिन्थ्यो । उ आफ्नो बृतान्त सुनाउन थाल्यो ।
उ बोल्न थाल्यो मन भरि ठुलो चोट अनि पिडा बोकेर “हेर भाई जिन्दगीमा प्रेम गरेर ठुलो भुल गरेछु । केटिको मन कोमल भन्नु मात्र ढुङ्गा भन्दा पनि कडा हुदा रहेछ । हाम्रो लभ परेको ४ बर्ष पछि बिहे भयो । मेरो परिवारले मानेको थिएन । मैले उनको खुसीको लागी नै परिवार त्यागेर उनी सँग विहे गरे ” । उ बिच बिचमा भक्कानिदै रुन्थ्यो । अनि भन्थ्यो “के गर्ने भाई न त विर्सन सक्छु न त फेरी उनलाई ल्याउन नै” उनी गह भरी आँसु पारी रुन थाल्यो कति कोमल मन भएको मान्छे रहेछ । बच्चा बेला बेला रुन्थ्यो अनि भन्थ्यो “बाबा हाम्रो मोमी कहा जानु भको ” बच्चाले त्यसो भन्दा उ बोल्न नसकेर चुप लागेर बस्थ्यो । नौबिसेमा पुगेर खाजा खान बस रोक्यो । मैले भने “दाई खाजा खान जाऊ”“हैन भाई मलाई केहि खान मन लागेको छैन दुई दिन भयो केहि खाको छैन”

म खाजा खान ओर्ले उता अशोक बिन्दास रहेछ “ओई खाजा खाने होइन कि यतिकै बस्ने” “म खदिन तिमी जाउ”“ए त्यसो पो ”“मैले ति केटि तिर फर्केर बोले “तपाई पनि हिडनुस न बाटोमा कता जाम पर्छ थाहा छैन फेरी भोक्कै भयो भने”“अ त्यो त हो” उनी मधुर स्वरमा बोली “जाउ न त सबै जना” हामी सबै खाजा खान गयौ । उनी पर गएको मौकामा अशोक लाई भने “ओई के हो केटी आए पछि त खाजा खाने भयो हैन ”................................ बाकी अर्काे भेटमा

सफलताको रहस्यहरु ( स्वेट मार्डेन )

शँका र अबिश्वास शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ । आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ । आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।

परिवर्तनको प्रयास

फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको मनहरु, बर्षादमा बगेको खहरे जस्तै बगेको आँसुहरु जुन चाहेरपनि रोक्न सकिन । यस्तै भयो जिन्दगीको कथाहरु जुन नब्बे सालमा गएको भुइचालो अनि सुनामीले पारेको तहस नहस जस्तै चाहेर पनि बिर्सन नसक्ने ति क्षणहरु पल पल मा सम्झना बनेर मनभित्र ढुकढुकी सँगै घुमीरहदा रहेछ ।
मान्छेको मन पनि फरक फरक हुदा रहेछ कोहि खुसी दिएर खुसी हुन्छ कोहि आँसु दिएर खुसी हुन्छ । मलाई लाई धेरैले भन्थ्यो प्रेम गर्ने कुरा होइन, यसमा त क्षणिक मनोरञ्जन गर्ने एउटा साधन हो कसैको खुसी संग किन रमाउने । म चाहन्न थिइ कसैको मनमाथी खेलवाड गर्न तर त्यहि हुदा रहेछ । आज त्यहि झुटो प्रेममा फसेको छु माझीको जालमा माछा फसे जस्तै जुन कहिले निस्कन नसक्ने गरी । मरुभुमी जस्तै नाङ्गिएको छु कहिले पालुवा नआउने गरि । आनौठो साइनो छ जुन चाहेर पनि बिर्सन नसकिने । मलाई यो पनि थाहा छ ”प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो ” अनि फेरी भुल्नु नै पर्ने बाध्यता । जिन्दगीको तितोमिठो भोगाइहरु, कठिन रातहरु, अनि एक हुदाको पलहरु, सिसाकलमले लेखेको जस्तै मेटन मिल्ने भए मेटिदिन्थे अनि फेरी खुसीको अर्काे जिन्दगी जिउथे । अनि भन्दै हिडथे ” खुसी छु म आज तिमी भन्दा धेरै........................................ तर सोचे जस्तो हुन्न रहेछ । अरुण लामाको गित याद आउछ, ” सोचे जस्तो हुन्न जिवन................ ।
जिन्दगीको कथाको अर्काै पाना पल्टाउने प्रयासमा छु । जहाँ दुबो जस्तै कहिले नमर्ने गरी सधै हरियाली हुनेछ । बेली चमेली फुल्ने छ । न्याउलीहरुले बिरह गाउन छाडने छ,, माया प्रेमको अर्काे एउटा नया परिभाषा बन्ने छ । रहरहरु बसन्तको फुल जस्तै फुलीरहने छ ...........................................

एउटा यात्रा

लामो कम्मर सम्म लर्केको कालो कपाल, आँखाको डिल वरिपरि कालो गाजल वा भनौ गाजलु आँखा, बाटुलो गहु गोरो अनुहार् ओठ को वरिपरि भरिएको रातो लालि, कुर्कुच्चा छोपिने गरि लगाएको हरियो सारि त्यहि रंग को चोली, हात मा सानो सुनौलो रंग को गोलो घडि, चुच्चो परेको हिल जुत्ता, बारुली कम्मर अनि दिउसोको घाम बाट भाग्न बोकेको कालो चस्म, एक दम सुहाएको थियो उनलाई, अझ हात मा झुन्डाएको सानो लेडीज ब्याग टम्म भरिएको नितम्ब, हसिलो पारामा मुसुक्क हास्थी मलाई देख्दा । त्यहि बाटो त्यहि गल्ली अनि त्यहि पोसाक अनि उनको र मेरो भेट । लाग्थो भगवान ले पनि कस्तो गरि जुराई दिन्छ कुनै बेला त खै मेरो आंखा लाई मन परेर हो कि के हो म उनको कुनै नराम्रो नै देख्दिन।एउटै बाटो हिडेर पनि कहिले बोल्न सकिन प्रयास त धेरै पटक नै गरे खै सक्दै सकिन
कालो सुट अनि कालै पालीस लगाएर टलक्क पारेको जुत्ता अफिस जादा लगाउनु नै पर्छ । आझ आज भोलि त गर्मि भएर टाई लगाउनु नै छाडी दिए । जे होस त्यो बाटो मेरो पानी पधेरो नै भईसक्यो । अफिस मा सरासर पुग्छु अनि एक पटक सबै पेपर मा राषिफल हेर्छु । आज राम्रै छ । हिजो को बाकि सबै काम् गर्छु । ईमेल हेर्छु । suman, निरु, र सुस्मिता कसैले पनि गरेको छैन । खै किन हो आजभोलि उनिहरुले ईमेल गर्न पनि छाडिसक्यो । सुस्मिता र निरुले त पहिला अफलाईन मेसेज हरु धेरै पठाउथियो । खै आज भोलि त अनलाईन मा पनि आउदैन ईमेलको त कुरै छाडौ अफलाईन मेसेज पनि पठाउन छाड्यो साथी हरु । हुन पनि यस्तो नेपाल मा नै बस्ने साथीहरु लाई मेल गर्ने फुर्सद पनि हुदैनस्स् होला । मेरो दिन आजभोलि यस्तै गरि बित्छ । दिनभरि लाईन हुने बितिकै कोहि साथी हरु अनलाईन मा छ कि भनेर हेर्छु कोहि पनि हुदैन । खै पहिला त हुन्थ्यो आज भोलि त फुर्सद नै हुदैन कि के हो । एक् छिन पछि सुमन लाई भेट्छु । "फुर्सद हो" अँ फुर्सद नै छु " छोटो जवाफ आउछ" "अनि नया खबर के छ""सबै ठिकै छ अँ त्तिम्रो के छ" मैले पनि यस्तै छोटो जवाफ दिन्छ्। अनि म सोद्छु " निरु को के छ खबर" "खै मेरो त धेरै दिन भो भेटघाट नै भा'को छैन " मेनेजर सर हुनुहुन्छ ।" बाहिर बाट बोलेको सुन्छु । टिनिनिनिनिनि मेरो घन्टि बज्छ "पत्रकार भेट्न आउनु भाको छ" "ल भित्र पठाईदिनु" एक छिन कुरा गर्छु । कुरा नस्कदै फेरि अर्को मान्छे आउछ कति धेरै आको हो आज त म आफै दंग पर्छु । सुमन संग कुरा नै गर्न पाएन । तिन घन्टा पछि आउदा त सुमन छैन। उल्टै हामी संग कुरा गर्ने फुर्सद पनि छैन कि के हो। के गर्ने मेरो जागिर नै यस्तो छ ।
दिन भरी काम को थकाईले ज्यान नै थकित हुन्छ । फेरि भनेको जस्तो तलब पनि आउने होइन । थकित पाईला हरु बिस्तारै तलतिर ओर्लन्छु । अफिस पनि कति माथि हो आफै लाई दिक्क लाग्छ । के गर्ने काठमान्डौको महंगी लाई टार्न भए पनि जागिर खानै पर्‍यो । दिमाग मा बोझिलो भारि बोकेर घर तिर जान्छु । एका तिर पढाई , अर्को तिर जागिर , घर परिवार बाट टाढा को बसाई, बुबा मोमि को आशेर्बाद, भाई बहिनिको माया त बिर्सन्छ होला अब त तर पनि खोई सोचेको जस्तो कहिले पनि हुदैन । खुसी र रमाईलो संग दिन बिताउन त दशै नै आउनु पर्ने भो ।

मान्छे को भिड, थकित मान्छेको अनुहार, अनि त्यहि भिड भित्र म पनि छिर्छु । हिड्ने अल्छि ले गर्दा अनि झुन्डिन्छु गाडिको त्यहि डन्डी मा समाउदै । बल्ल बल्ल चाबाहिल मा पुग्छु । साथी हरु सबै मलाई स्तुपा मा पर्खिबसेको रहेछ । केटा हरु को काम छैन । "पैसा छ भने जाँड खान जाउँ" "होइन यार पैसा नै छैन " म भन्छु " जाँड नखुवाउने भए सेक्सी हट खुवाउन त " कर गर्छ साथी हरु यो चिया को नाम पनि के के राख्छ के के होट लेमन लाई नाम बिगारेर के के राख्छ के के हुनत नेपाली जानेकै बिगार्न त हो नि । " ल ल चिया मात्रै है त " केटा हरु मख्ख पर्छ । अनि गफ गर्न थाल्छ । " ओई तेरो अफिस को रिसेप्सनस् नम्बर देन यार कस्तो राम्रो छ । " " हें ं ं ं उता हेर्न कति राम्रो मान्छे छ । "ओई तिमि हरु केटि कै कुरा मात्रै गर्छु यसो भबिस्य को कुरा पनि सोच्न यार " म बोल्छु " त्यहि भएर त घरबार गर्ने केटि हेर्दै छु " केटा हरु को कुरा सुनेर मलाई दिक्क लाग्छ । अनि चिया को पैसा तिरेर घर तिर सिधै हानिन्छु ।

" दाई म संग त पकेट पैसा नै छैन " अनि फेरि अर्को बहिनि भन्छ तरकारी त सबै सक्यो । " टाउको दुख्छ झन । साथीको फोन आउछ "हाम्रो परिक्षा को रुटिन आयो नि ।" " ए कहिले देखि " " एक महिना पछि " " ल ल" फोन राखि दिन्छु । फेरि कोपिला को मेसेज आउछ हतार हतार हेर्छु यस्तो लेख्छ "मलाई पैसा पठाई देउन है म संग जिरो छ । छिटै ल

यस्तै मा बित्छ मेरो दिन कतै खुसि त कतै तनाब । थकाई मार्न बेड मा ढल्कन्छु । बिनोद को फोन आउछ उनको प्रस्ताप हामी मिलेर सहकारी फाईनन्स खोल्ने उनको बिचार ठिकै लाग्छ ।

सधै झै अफिसतिर मेरो पाईला हरु अगाडि बढछ । चाबहिल मा पुग्दा सबै गाडि जाम यसो यता उता हेर्छु। उनि आज पनि त्यहि पोशाक मा त्यहि हिडाई अनि त्यहि शैली म हेरिरन्छु। एकछिन कता पुग्यो थाहा नै भएन ।
मैले चक्रपथ सम्म नै हिडेर अफिस पुग्ने अठोट गरे र हिडे । अली पर पुगे पछी पछाडि बाट सानो मेरो कान मा ठोकिन्छ । " आज केको बन्द रहेछ ।" मैले पनि पछाडि नहेरि भनीदिए " खै माओबादि ले चक्का जाम गरेको रे" फेरि उनि बोलि " तपाई कहाँ सम्म पुग्ने हो नि ।" " चक्रपथ सम्म" छोटो उत्तर दिए, अनि पछाडि हेरे त उनि नै पो रहेछ । फेरि उनि बोलि " तपाई चाबहिल मा नै बस्नु हुन्छ होइन " " हो नि मैले तपाई लाई धेरै पटक देखेको छु त्यो गल्ली मा ।" "ए हो र" "हो नि" म एक हिसाब ले खुसी पनि थिए । सोचे आज को बन्द गर्ने मान्छे लाइ मन मन धन्यबाद दिए । "तपाई को नाम भन्न मिल्छ" मैले जिज्ञासा राखे " किन नहुनु म दुर्गा शनराईज बैंक मा क्यासियर मा काम गर्छु अनि तपाई नि " ए म एउटा फाईनन्स म मेनेजर काम गर्दैछु ।" " अनि तपाई को नाम " दिपक अनि तपाई को घर यतै हो को कठ्मान्डौ बाहिर?" यति बेला हामि धुम्बाराहि मा आईपुगि सकेको थियो । अनि मन मन सोचे बाटो अझै लामो भए पनि हुन्थ्यो नि । कमसे कम सबै कुरा गर्न त पाउथ्यो । अनि सबै कुरा गर्दै गए । उनि साच्चि कै दुर्गा जस्तै थिई हसिलो अनुहार, मधुर आवाज। मलाई हिडाई को कुनै दुखै छैन झन खुसि पो थिए । उनको सबै कुरा हरु सोध्दै गए उनि पनि भन्दै थियो । बेला बेला मा मलाई पनि सोध्दै जन्थी । फेरि मैले सोधे " तपाई यहाँ को को नि " " यहा म अनि मेरो श्रीमान मात्र गाँउ मा त म गएको नै छैन। हाम्रो भर्खर लभ म्यारिज भाएको घर बाट स्विकारेको नै छैन । त्यसैले घरमा गाको छैन । खै कैले बोलाउछ थाहा नै छैन ।" अनि म बिनाकारण चिन्तीत भए र चुप लागेर छुटिने प्रयास गर्न खोजे । हुनत उन्को केहि पनि गल्ति छैन अनि मेरो पनि सोचे मेरो भाग मा अरु कोहि छ । उनि मलाइ सोध्दै थिई " तपाई को बिहे त भएको छैन होला है । " अ छैन"" किन नगर्नु भाको नि" छोटो जवाफ दिए " केटि नै पाएन" " तपाई जस्तो लाई केटि पाएन भन्दा त पत्याउन नै गारो भो " " अँ खै साईत नै नपरेको होला " भन्दै म छुटिए उनि भन्दै थिई भरे पनि गाडि चल्दैन होला संगै जानु पर्छ। " यति छोटो समय मा हामि यति नजिक भएको थियो कि जुन कल्पना नै गर्न सकिन । बर्षौ देखि को गफ गर्ने सपना पनि पुरा भो भन्दै सरासरि अफिस पुगे । टेन्सन मुड मा....................