Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

शिरिषको फुल ,किनार र तिमी

शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । हुनत सुगन्ध सधै सधै कहाँ टिक्छ र मानिस जस्तो न हो ।
गर्मीले टाउकामा तापको चट्याङ चुमाईरहेछ । वेगवान गाडिहरु प्रत्येक मिनेटमा अनिश्चितताको भविष्य साचेर दौडिरहेछन् । पुलका आसपामा परेवाहरु ,सँगै केहि युवा युवती शिरमा शिर जोडेर खोलालाई दिललगी गरिरहेछन । शुस्त सुस्त हावाले मलाई चुमिरहेछ , उता शिरिषका पत्ताहरु फुल भार्न उद्दत वनिरहेछ हावालाई गति दिएर । कति वैमान हुन्छन् है आफ्नै ठानिएकाहरु पनि । जिवन शिरिषको फुल भईदिए के हुन्थ्यो ? नभईदिए के हुन्थ्यो यस्तै प्रश्नमा अलमल अलमाल भएर हेरीरहेछु क्षितीज जहा अस्ताउछ एउटा घाम ,जुन लाई पालो दिएर । कति अनिश्चित छौँ है हामि ।
मान्छे हो मन छ ,दुख्छ खुसि हुन्छ । सधै सधै एकैनाशत कहाँ हुन्छर ? कति कथाहरु आशुले रचिएका हुन्छन् ,कति कथाहरुले आशुलाई सिकायत गर्छन । सायद हो रैछ । बोटहरु पानिले निथु्रक भिजाएको दिन पनि यहि थिए , घामले लत्याकलुक वनाउदा पनि यहि छु । फरक धेरै छ ,वस तिम्रो याद उहिगरि सुसाई रहेछ ।
कस्तो भुलेको ? गलासमा खन्याइएको कोक तातिसकेछ । फुरर उडेर एउटा शिरिषको फुल त्यहि कोकमा आएर तैरीन थाल्यो अव पिउकी नपिउ दोधार भएर टोलाई रहे टोलाई रहे । यस्तै अलमल अलमलको विचवाट हिडेको यात्रि कहिले सम्हालुङमा सेवारो गरेर फर्किन्छ , कहिले चिहान घारीमा लास गन्न भ्याउछ । थाहा छैन किन भिज्छन् परेलीहरु , किन रुझ्छन कागजका पत्ताहरु ? न यि प्रश्नको उत्तर फुलले दिन सक्छ , न वेगवान खोलाले दिन सक्छ ।
चिहाईरहेछन् वुद्धका आँखाहरु चिम्निहरुवाट । यहिवेला आमाको याद आहिरहेछ । कति सपना देखाए हुर्काउनु भएको थियो मलाई । न मैले आफ्नै भाग्य रेखा कोर्न सकिरहेछु ,न आमाकै फुटेका हत्केला टाल्न सकिरहेको छ । म प्रति फर्किएका आँखाहरुलाई निरासा दिएर हराए भने कति धिक्कार हुने छु । कुनै दिन तिमी पनि आमा हुने छौँ , सन्तान जन्माउने छाँै । अगारले कोरीदिदि हौँ भाग्य रेखा । आजभोली आँखाका भाषाहरु फेरीए , सम्वन्ध सुगन्धहरु फोर्सा हुन थाले तैपनि आशाको दियो सकाल्काउदै छु हेरौ कहाँ रोकिन्छ रेखा ।कहाँ पुगेर बांगिन्छ रेखा । छ्या कति निरास भएको म ? आजभोली किन भावुक बन्दैछु ?जिवन निरासा होर ? नैराश्यताको कालो वादल किन मुडारी रहेछ आँखा भरि ? भित्ताका फिल्मी पोष्टरहरु विना जवाफ सुनिरहेछन् ।
के मागेको भाई ? साहुनी नजिक आएर सोध्छिन् ।
ओफ सुन्ने गरि वोलिएछ । अब के भनौ चुरोट भनौ जिन्दगीमै नखाएको चिज , रक्सि भनौँ त्योपनि होईन , कोक भनौँ गलासमा बाँकिनै छ । भन्नुत छ के भन्ने । यस्तै यस्तै प्रश्नहरु जिन्दगीमा पनि सोधिदैछन् । साउनीले क्रिम लागाएकी छैनन् तर पनि सुन्दर छिन । कपाल कोरीए जस्तो देखिन्न , स्तन खुत्लुक्क झरेको छ ,सायद उनका दुई सन्तानहरुले लछारेर होला ,चुसेर होला । वैँसमा कस्ति थिईन होला ? खोला किनारमा सेन्टिवेराले वारेका डेढ तले घर । फुसले छाएको भएपनि त हुन्थ्यो ,तातेको जस्ताको गर्मी भतभत पोलीरहेछ , खोलमा चिसो पानी वगेर पो के गर्नु ।
किन एकोरीएको भाई ?
केहि पनि होईन , गर्मीले हैरान पार्यो ।
भोग्नु पर्छ भाई कस्लेपो दु:ख पाउ भन्छ र ?
ठिकै छ माछा खुवाउनु न । एकतमासले धुमधुमत वस्न उनलाई पठाइदिए ।
———–
किन जुध्यो आखाँ भन्थे माया वस्न रैछ
किन वस्यो माया मुटु दुख्न रैछ
एउटा एफ एमवाट गीत बज्न लाग्यो । मध्य दिँउसो किन यस्तो गीत बजाएको होला । फोन गरेर गाली गारौँकि जस्तो लागेको थियो फेरी छोडिदिए । भुरर उडेर चराहरु उहि शिरिषको बोटमा अडिए । सम्झे दिनभर को काम छोडेर किन यता अलमलिएको होला ? लाग्छ केवल आर्दश वाचिरहेछ जिवनमा । न हासेको दिन कहाँ छर तर दिलको पर्दा विस्तारै घमिलिएको निक्कै भईसक्यो ।
हावाले तिम्रो केश उडाई रहेथ्यो । मगमग वासना नाकै को डिल भएर मलाई जिस्काउथ्यो । चियाई चियाई हेर्थे तिमीलाई । आँखा जुध्दा लाजले भुतुक्कै बन्थे । कहिले चलाउथ्यौ , कहिले हिक्उथ्यो । छातिले घोच्दा जिरिङ्ग वनेको यादले छोएर वगिदिन्छ पल पल । ओठहरु चुम्वन गर्न आतुर थिए , तर रोकिदिए आफै । कुराको वाहानमा चल्दै यसै ठोकाईदिन्थ्यौ छाति कुइनासँग ,कुमसँग । कति मिठो थियो त्योआनन्द । तिमिले हात राज्न लगाएकी थियौ दायाँ कि वायाँ । मैले रोज्न सकिने । रोजको भए के हुन्थ्यो होला ? यहि प्रश्नको उत्तर खोजेर हिडिरहेछु हावाको लयमा ।
चिया पसल अघि यतिकै फालिएको कागजको टुक्रामा यस्तै लेखेका पढ्न पाएपछि सारा काम छोडेर वेतमास खोला किनारमा आहिपुगे । मैले हात दिएको भए के हुन्थ्थो ? यस्तै प्रश्नहरु छन मसँग पनि । न उत्तर आफुले दिन सक्छु , न अलमलवाट निस्कन सक्छु । गजनीको एसएमएस आयो प्रभु कता हो ? (फेसवुकमा शिवरात्रिमा जन्मिएको भन्दै गफल दिएर फोटो राखेको प्रभु भन्न थाले बा) भोली वन्द हो रे केहो खवर पाउ । खवर बेचेर बाचेको मान्छे ,आफ्नो खवर कसले बढिदेला खै ।बरु कागजमा लेख्ने को थियो ? किन च्यातेर फाल्यो खोज्नु थियो ।
कहिले निस्पट अध्यारो ,धिम धिम उज्यालो यस्तै यस्तै । खुलेर रुन सक्दिन ,खुलेर लेख्न सक्दिन । फेसवुकको दैनिकको अपडेढले गनगने भन्न थालिसक्के । धन्न तिमीले भनेकी छैनाँै । यो सार्वजनिक जीवन कति दुखदायि छ है ,न चाहेका गर्न मिल्छ , न दिल खोलेर रुन मिल्छ ,न दिल खोलेर बोल्न मिल्छ । अरुका निम्ति बाच्नु पर्ने ,अरुकै निम्ति हस्नु पर्ने । गरिव जनताको नाममा दुई करोड ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ , सरकारी निकायको प्रत्यक्ष संलग्नता भएको शंका गरिदै छ ,राम्रो स्टोरी हो । कता हो ? फेरी अर्को एसएमएस आयो । अव सुखै थिएन । जीवन सोच्न , कल्पनामा हराउन पनि पाईदैन । कस्तो प्राविधिक वनेको जिवन फ्याट फ्याट चलदिनु पर्ने । एउटा वस आयो ,उक्लिएर । शिरिषको भरिरहेथ्यो सुस्त सुस्त ,खोला वगिरहेको थियो उहि तालमा । तर मन ………वस यति । -  ~गिरिराज बाँस्कोटा~

अघोषित सम्बन्ध


स री है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हँुदै मैले भनँे।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

"तिमी कहिले आयौ लन्डनबाट?" उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरनिा थिई।

चार वर्षअघि हामी छुट्टएिका थियौँ।

त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।

कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।

विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गथ्र्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।

तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरयिोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।

पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।

"के गर्दै छेस्, कहाँ छेस्?" मौनता चिर्दै मैले सोधेँ।

लामो सास फेर्दै ऊ बोली, "बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।" वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।

"तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?" मैले सोधेँ। अस्ितजस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।

एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।

अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।

तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।

उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, "यसलाई के भयो?"

एकैछिनमा उसले मोबाइलको एउटा तस्िबर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।

"को हो यो?" मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, "त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।"

ऊ सम्बोधनमा तिमीबाट 'तँ'मा झरसिकेकी थिई।

"तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्‍यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्‍याएँ," ऊ भन्दै थिई।

"यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु," यस्तै यस्तै लामो कुरा गर्‍यो।

चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, "सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।"

म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।

"अनि?" मैले एउटा प्रश्न तेस्र्याएँ।

"तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।"

"बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।"

यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेर िअर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।

उसले कुरा अघि बढाई, "त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, "तिमी कता? मेरो काम सकियो।" मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारन्िथेँ।

ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रसिाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।

तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको भै“m कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।

"म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकषिर्त थिएँ।"

"बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, "उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।" अनि, म प्याउली भएर भन्थेँ, "टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?" "मसँग नजिस्क बाबा, छिटो उठ !" ऊ फोन राख्थ्यो।

"ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गथ्र्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।" ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।

मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरनिाले मानिन। भन्थी, "मेरो कारणले उसको जिन्दगी बिगार्नु हँुदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।"

चुरोटको ठुटो टे्रमा राख्दै भनी, "सबै थोक गुमाएँ केही छैन अब मसँग।" अनि, लामो सास तानी।

रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।

फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरनिँ।

"धेरै बाँच्नु छ, जिन्दगी सुधार," भनेँ। "कसका लागि सुधारौँ? किन सुधारौँ?" ऊ बोली, "बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुधि्रनु छैन।"

म निरुत्तर भएँ।

तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरनिाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्ितष्क भरयिो।

उत्तर खोजिरहेँ तर पाइनँ। म रातभर िउसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको पे्रमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्यँूझिएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, "म टिचिङ् हस्िपटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरनिा भन्ने महिलालाई चिन्नुहुन्छ?" मैले आश्चर्य मान्दै स्व्ाीकारोक्तिमा जवाफ दिएँ।

त्यो पुरुषले भन्यो, "हामीले सरनिाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।" अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरनिाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

copy

मन उदास छ

"ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !" मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । "तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !" म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ ।
गर्मीका यी उखरमाउला रातहरू जबजब छटपटीमा अनिँदै बित्छन्, तब मनमा अनेकौँ उडन्ते कल्पनाले डेरा जमाउँछन् । अचेल म यस्तै मनोदशाबाट गुजि्ररहेकी छु । ऊसँगको एसएमएस संवादले रातलाई अलिक छोट्याइदिएको छ ।
"म तिमीलाई निकै मिस गररिहेको छु !" सुरुवात उसैले गर्छ किनभने ऊ जान्छ म हार्न चाहन्नँ अर्थात् म आफ्ना भावनाहरूलाई गजबसँग नियन्त्रण गर्न सक्छु ।
"साँच्ची ?" म हतार-हतार म्यासेज टाइप गर्छु, "सायद तिमी ठट्टा गररिहेका छौ ।"
"सत्ते ! म ठट्टा गररिहेको छैन । म तिमीलाई अहिले नै भेट्न चाहन्छु ।"
"के तिमी मेरो होस्टलको पर्खाल चढ्न सक्छौ ?"
"हा हा हा !!! जाबो पर्खाल ? म तिम्रो कोठासम्मै आउन सक्छु ।"
"बहादुर रहेछौ ... तर भैगो धृष्टता नगर ।"
"किन डर लाग्यो ?"
"होइन, माया लाग्यो ।"
एसएमएसको यो चरणसम्म आइपुग्दा ऊ निकै रोमान्टिक भइदिन्छ ।
"के तिमीले कसैसँग प्रेम गरेकी छौ ?"
"छु नि, प्रेम नगरी जीवनको सम्पूर्णता अनुभव हुनै सक्दैन," म अलि बढ्तै फिलोसोफिकल बन्छु, "जीवनको सबैभन्दा सुन्दर चीज नै प्रेम हो ।"
"हा हा हा !!!" ऊ म्यासेजमा स्माइली जोडेर पठाउँछ । "तर, तिमी कसैलाई प्रेम गर्दिनौ, खास भन्ने हो भने तिमी आफँैलाई पनि प्रेम गर्दिनौ । कैयौँ महिनादेखि रात-रातभर अनिँदै बसेर तिमी आफ्नो निद्रा बिथोलिरहेकी छौ ।"

छात्राबासको फराकिलो कोठा । हावा राम्ररी छिर्ने झ्याल । झ्यालको दायाँपट्ट िहावामा हल्लिरहेको कलेजको क्यालेन्डर, त्यसको ठीकमुनि एउटा सिंगलबेड, आडैमा बगल मिलाएर राखिएका कुर्सी, टेबल र टेबलमाथि एक कम्प्युटर । मुड अन हुँदा म आफ्नो कोठा चिटिक्क मिलाएर राख्छु तर प्रायःजसो मेरो मुड अफ नै रहन्छ बिनाकारण ।
कहिलेकाहीँ मुडफ्रेस गर्न म आफ्नो जिमेल एकाउन्टमा छिर्छु । मेलले इनबक्स भरएिको हुन्छ ।
"के म फेसबुक एल्बमबाट तिम्रा फोटाहरू डाउनलोड गर्न सक्छु ?"
"के तिमी तिम्रा नांगा तस्बिरहरू मलाई पठाउन सक्छ्यौ ?"
"के म तिम्रो प्रेमी बन्न सक्छु ?"
"के तिमी मसँग एकरात बिताउन सक्छ्यौ ?"
"बेसोमती मोराहरू !" म उनीहरूलाई मनमनै गाली गर्छु र झ्यालमा गएर उभिन्छु । रातको यो सन्नाटामा झ्यालमा उभिएर सुनसान सडक नियाल्दा मन झनै उदास हुन्छ । यदि कवि भइदिएको भए म दर्जनौँ कविता कोरसिकेकी हुन्थेँ ।
प्रायः साँझ ढल्कँदै जाँदा मनको रित्तोपना पनि बढ्दै जान्छ । दर्जनौँ प्रेमीहरूबाट घेरएिर पनि कति एक्लै बाँचिरहेकी छु म । प्रेममा विश्वास नगर्ने म हरक्षण प्रेम गररिहेकी छु, फरक-फरक व्यक्तिहरूसँग । ...अर्थात् यसो पनि हुनसक्छ म उनीहरूलाई प्रेम गररिहेकी छैन, उनीहरूको आँखामा कसैलाई खोजिरहेकी छु ।
कुनै एक मध्यान्ह, अंग्रेजी साहित्यका सेकेन्ड ह्यान्ड फिक्सन बुकहरू खोज्दै भृकुटीमण्डपका पुस्तक पसलहरू चहाररिहँदा सेलफोनमा एसएमएस टोन बज्छ । म म्यासेज चेक गर्छु । "सायद तिमी कतै हराइरहेकी छौ यतिखेर अथवा मेरो कुराले बढ्तै सिरयिस बनिरहेकी छौ," कुनै प्रेमीले आफ्नी बेखुस प्रेमिकालाई फकाउन आफ्ना भावनाहरू राम्ररी टाइप गरेर पठाएको छ, "म तिम्रा सम्पूर्ण दिक्दारीहरू हटाएर तिमीलाई खुसी राख्न सक्छु ।" मभित्र एउटा गजबको स्फुर्ति देखापर्छ । म म्यासेज चेक गर्दागर्दै नहाँसी रहन सक्दिनँ । जोसुकै किन नहोस्, निकै भाग्यमानी छे मोरी यति धेरै माया गर्ने प्रेमी फेला पारेकामा ।
"महासय !" म फटाफट म्यासेज टाइप गर्छु र सेन्ड गर्छु, "तपाईंकी प्रेमिका अझै खुसी छैनन् किनभने तपाईंको म्यासेज बीचमै हराएको छ उनको मनजस्तै ।"
यसरी ऊसँग मेरो एसएमएस यात्रा सुरु हुन्छ र ऊ मेरो मोबाइल प|mेन्ड हुन्छ ।

मुड अफ हुँदा अचेल म ऊसँग एसएमएस संवाद गर्छु । ऊ मसँग आफ्नी प्रेमिकाको सुन्दरताको चर्चा गर्दैन । म ऊसँग आफ्ना एकझुन्ड प्रेमीहरूको कुरा उप्काउँदिनँ । प्रायः म ऊसँग मनको कुरा गर्छु ।
"बुझ्यौ, कहिलेकाहीँ मन निकै खाली हुन्छ । केही हराएजस्तो, केही गुमाएजस्तो ।"
"बुझेँ !" ऊ सधैँजसो जिस्कने मुडमा हुन्छ, "उता तिम्रो मन खाली हुँदा यता मेरो मन छचल्किरहेको हुन्छ । सायद तिम्रो मन मेरो मनसँग मिसिइरहेको छ ।"
"के तिमी जिस्किरहेका छौ ?"
"होइन म सत्य बोलिरहेको छु । कतै रिित्तँदा कतै भरिनै पर्छ ।"
"हुनसक्छ । सायद त्यसैले यता म उदास हुँदा उता तिमी हाँसिरहेका छौ ।"
यो मोडमा आइपुग्दा ऊ प्रायः गम्भीर हुन्छ ।
"के तिम्रो मन साँच्चिकै उदास छ ?"
"सत्ते ! ग्लुमी सन्डे जत्ति नै । खास भन्ने हो भने त्यसभन्दा पनि बढी । छात्राबास, कलेज, क्यान्टिन, लाइब्रेरी र फिलोसोफीका ठेलीहरू । एक हूल प्रेमी र तिनका अतृप्त आँखाहरू । सडक, गल्ली, भीडभाड र चर्का हल्लीखल्लीहरू । सबथोक निरर्थक । सब झर्कोलाग्दा । कतै मन नअडिने । कतै गन्तव्य नभेटिने ।"
अचेल उसले मेरो निकै ख्याल गर्न थालेको छ । झरी पररिहेका अल्छीलाग्दा दिनहरूमा सिरकभित्र पसेर गि्रक फिलोसोफीमा हराइरहँदा ऊ अचानक मेरो मोबाइलको रङि्टोन बजाइदिन्छ, "पार्कमा घुम्न जाने ? पानीमा रुझ्दै घुम्दा निकै रमाइलो हुन्छ ।"
कहिलेकाहीँ दरबारमार्गमा फराकिला सडकपेटीमा एक्लै बरालिइरहँदा ऊ अचानक एसएमएस गर्छ र सोध्छ, "के तिमी मसँग अमेरकिन सेन्टर जान्छ्यौ ? अक्सफोर्ड युनिभर्सिटीका विद्यार्थीहरू अगस्ट स्ट्रिङ्वर्गको निकै घतलाग्दो नाटक मिस जुलीको स्टेज सो गररिहेका छन् ।
म कहिल्यै जाँदिन । ऊ ज्यादा जिद्दी गर्दैन किनभने ऊ जान्दछ मलाई कसैले विवश गर्न सक्दैन ।

झरीले रुझाएको हरियो चौर, आधा उघ्रिएको नीलो आकाश, हावाको मसिनो झोँक्कामा यताउता हल्लिरहेका अशोकका पातहरू । गृष्मको लगभग अन्त्यतिरको एक शनिबार काठमाडौँको भीडभाडभन्दा अलि टाढै एउटा शान्त पार्कमा उसलाई पहिलोपटक भेट्दा म खुसीले निकै उत्तेजित हुन्छु ।
"हेल्लो मोबाइल फ्रेन्ड !" खजमजिएको कपाल र अनिँदा आँखाहरू लिएर करबि पाँच फिट आठ इन्च अग्लो आकृति मेरो अगाडि ठिँग उभिँदा म बगैँचाका चराचुरुंगीलाई चारो खुवाइरहेकी थिएँ । ऊ यति जोडले बोलेको थियो कि चारो टिपिरहेका चराहरूसमेत तर्सिएर भुर्र उडेका थिए ।
"तिमी त ठ्याक्कै बीपीकी सुम्निमा जस्तै रै'छौ नि !" बाँकी रहेको चारो भुईंभर िछरेर आराम बेञ्चतिर लम्कँदा ऊ त्यति भनिसक्छ । "केमेस्ट्रीका झन्झटिला फर्मुलाहरू कण्ठ गर्न नसक्दा म बीपीका कथाहरू पढेर बस्थेँ । त्यतिबेला मैले बीपीकी सुम्निमालाई तिमीजस्तै कल्पना गरेको थिएँ," साइन्सको विद्यार्थी ऊ साहित्यमा समेत राम्रो दख्खल रहेको प्रस्ट हुन्थ्यो ।
"के तिमीचाहिँ सोमदत्त ?" निकै बेरदेखि मुस्कुराइरहेको ऊ मेरो प्रश्नले खित्का छाडेर हाँस्छ । हाँस्दा उसको आँखामा अनौठो चमक देखिन्छ ।
"तिम्रा कुरा कति रमाइला ! जहिले पनि सुनिरहुँ लाग्ने । म तिमीलाई कहिल्यै बिर्सन सक्दिनँ ।" ऊ एकाएक गम्भीर हुन्छ, "के तिमी कसैसँग प्रेम गछ्र्यौ ?"
"अँ," म टाउको हल्लाउँछु । प्रायः यस्तो बेला मलाई बोल्नै मन लाग्दैन । खासमा मेरा कुनै प्रेमीहरू छैनन् । अझ भनौँ, म कसैलाई प्रेम गर्न सक्दिनँ । चाहेरै पनि कसैमा मन अडाइरहन सक्दिनँ ।
"अनि तिमी नि ?" मैले उसलाई त्यही प्रश्न गर्दा हावाले खसाइरहेका शिरीषका नीला फूलहरू हेर्दै ऊ कतै हराइरहेको थियो । उसले नसुनेकाले मैले प्रश्न दोहोर्‍याएकी थिएँ ।
"प्रेम !" ऊ एकछिन घोरन्िछ र भन्छ, "बुझ्यौ, प्रेम धेरैपटक हुन्छ, धेरै जनासँग," मैले खोजेको प्रश्नको जवाफ यो थिएन तैपनि म टाउको हल्लाउँछु । "तर, बिनाकारण कोही कसैलाई प्रेम गर्दैन । प्रत्येक प्रेममा स्वार्थ हुन्छ ।" उसले त्यो निकै घतलाग्दो अन्तिम वाक्य बोल्दा म उसकी प्रेमिकाबारे सोचिरहेकी थिएँ ।
"आफ्नी प्रेमिकाबारे पनि केही त भन," आरामबेञ्चमा पल्टिएर आफ्ना बैँसालु दिनहरूको सम्झनामा हराइरहेका बूढाबूढीहरूको आडैबाट हिँड्दा म उसलाई फेर िप्रश्न गर्छु, "जसका लागि म्यासेज टाइप गरेर तिमीले मेरो इनबक्समा पठाएका थियौ ।"
"हा हा हा !!! त्यो म्यासेज मैले तिम्रैलागि पठाएको थिएँ ।"
"सत्ते ?"
"अँ, उसलाई त मैले अर्कै म्यासेज पठाइहालेँ नि, ढिलो भएकामा माफ मागेर ।"
"कस्तो फटाहा तिमी त !"
"किन ?"
"मैले त अर्कै सोचेकी थिएँ ।"
"के सोचेकी थियौ ?"
"त्यो म्यासेज तिमीले मेरैलागि पठाएका थियौ," मेरो आवाज लगभग रुञ्चे थियो ।
"भनिहालेँ नि, त्यो एसएमएस तिम्रैलागि थियो ।"
"भैगो मसँग नबोल तिमी फटाहा ।"
धुपीको बोटमा छलिएर माया गररिहेका प्रेमीहरूको छेवैबाट हिँडेर म अलि पर्तिर जान्छु र माउसँगै उडिरहेका परेवाका बचेराहरूलाई सुसेल्न थाल्छु । तर्सिएर उनीहरू झन् परपर उड्न थाल्छन् ।
"के तिमी मसँग साँच्चिकै रिसायौ ?" ऊ मेरो छेउमै आइपुग्छ र लगभग छोइएर उभिन्छ, "एक हूल मान्छेको भीडमा अचेल मलाई तिमी मात्र मन पर्छ ।"
"अनि, तिम्री प्रेमिका ?"
"ऊ मसँग अस्ट्रेलिया जान चाहन्छे । म स्टुडेन्ड भिसामा, ऊचाहिँ डिपेन्डेन्ट । काम गरेर ऊ मलाई पढाउन चाहन्छे । ऊ मलाई निकै माया गर्छे । आफैंलाई भन्दा पनि बढी ।"
"तर, तिमी त निकै उदास देखिन्छौ नि ?" यसपालि पनि उसले मेरो प्रश्न सुनेन र मैले फेर दोहोर्याएर सोधिनँ ।
फर्कंदा ऊ र म दुवै मौन थियौँ ।
साँझ कैयौँ महिनापश्चात् पुनः झ्यालमा उभिन्छु र सुनसान सडकतिर नियाल्छु । सबथोक उही लाग्छन्, उस्तै पुराना । धूलोले छोपिएका दाडिमका एकजोडी रूखहरू, अव्यवस्थित तारहरूले बेरएिका बिजुलीका खम्बाहरू, टाढा कतै रेस्टुराँबाट आइरहेको गीतको मधुरो आवाज...।
"सत्ते ! आज मन फेरि उदास छ ।"

- साभार