Showing posts with label गित हरु. Show all posts
Showing posts with label गित हरु. Show all posts

वनै खायो डँढेलोले

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

आधा राति ब्युँझिएर गाऊँ-गाऊँ लाग्छ
डाँफे सरी बोल हालेर
भोक पनि छैन मलाई तिर्खा पनि छैन
मन बुझाउने के के बारेर
खोला सुक्यो खडेरीले
यो ज्यान सुक्यो बैगुनीको आशै आशले

हसाइँमै दच्कियो कि बरै आँखा मेरो
त्यो मायाको छैन बगर
परेलीमै अल्झियो कि कठै मुटु मेरो
कति राम्रो गर्नी बाचल
बाली लग्यो असिनाले
यो ज्यान लग्यो बैमानीको छिर्के मायाले

शब्द- कालीप्रसाद रिजाल
स्वर - फत्तेमान
संगीत - नारायण गोपाल

एक फूल झरेर के भो?

एक फूल झरेर के भो? जब सात बहार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ

मदहोसको लागि केवल मदिराकै के जरुरत?
यो रात जगमगाउन ताराकै के जरुरत?
मैले उज्यालो चाहे चन्द्रै हजार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ

फुर्सद भएन कहिले रुनलाई फूल झर्दा
आँसु बनेन पानी दुई आँखाबाट गिर्दा
जीवनमा प्रीतको हलचल सय बार बार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ

शब्द - राममान तृषित
स्वर - तारादेवी
संगीत - शिवशंकर मानन्धर