एउटा यात्रा

लामो कम्मर सम्म लर्केको कालो कपाल, आँखाको डिल वरिपरि कालो गाजल वा भनौ गाजलु आँखा, बाटुलो गहु गोरो अनुहार् ओठ को वरिपरि भरिएको रातो लालि, कुर्कुच्चा छोपिने गरि लगाएको हरियो सारि त्यहि रंग को चोली, हात मा सानो सुनौलो रंग को गोलो घडि, चुच्चो परेको हिल जुत्ता, बारुली कम्मर अनि दिउसोको घाम बाट भाग्न बोकेको कालो चस्म, एक दम सुहाएको थियो उनलाई, अझ हात मा झुन्डाएको सानो लेडीज ब्याग टम्म भरिएको नितम्ब, हसिलो पारामा मुसुक्क हास्थी मलाई देख्दा । त्यहि बाटो त्यहि गल्ली अनि त्यहि पोसाक अनि उनको र मेरो भेट । लाग्थो भगवान ले पनि कस्तो गरि जुराई दिन्छ कुनै बेला त खै मेरो आंखा लाई मन परेर हो कि के हो म उनको कुनै नराम्रो नै देख्दिन।एउटै बाटो हिडेर पनि कहिले बोल्न सकिन प्रयास त धेरै पटक नै गरे खै सक्दै सकिन
कालो सुट अनि कालै पालीस लगाएर टलक्क पारेको जुत्ता अफिस जादा लगाउनु नै पर्छ । आझ आज भोलि त गर्मि भएर टाई लगाउनु नै छाडी दिए । जे होस त्यो बाटो मेरो पानी पधेरो नै भईसक्यो । अफिस मा सरासर पुग्छु अनि एक पटक सबै पेपर मा राषिफल हेर्छु । आज राम्रै छ । हिजो को बाकि सबै काम् गर्छु । ईमेल हेर्छु । suman, निरु, र सुस्मिता कसैले पनि गरेको छैन । खै किन हो आजभोलि उनिहरुले ईमेल गर्न पनि छाडिसक्यो । सुस्मिता र निरुले त पहिला अफलाईन मेसेज हरु धेरै पठाउथियो । खै आज भोलि त अनलाईन मा पनि आउदैन ईमेलको त कुरै छाडौ अफलाईन मेसेज पनि पठाउन छाड्यो साथी हरु । हुन पनि यस्तो नेपाल मा नै बस्ने साथीहरु लाई मेल गर्ने फुर्सद पनि हुदैनस्स् होला । मेरो दिन आजभोलि यस्तै गरि बित्छ । दिनभरि लाईन हुने बितिकै कोहि साथी हरु अनलाईन मा छ कि भनेर हेर्छु कोहि पनि हुदैन । खै पहिला त हुन्थ्यो आज भोलि त फुर्सद नै हुदैन कि के हो । एक् छिन पछि सुमन लाई भेट्छु । "फुर्सद हो" अँ फुर्सद नै छु " छोटो जवाफ आउछ" "अनि नया खबर के छ""सबै ठिकै छ अँ त्तिम्रो के छ" मैले पनि यस्तै छोटो जवाफ दिन्छ्। अनि म सोद्छु " निरु को के छ खबर" "खै मेरो त धेरै दिन भो भेटघाट नै भा'को छैन " मेनेजर सर हुनुहुन्छ ।" बाहिर बाट बोलेको सुन्छु । टिनिनिनिनिनि मेरो घन्टि बज्छ "पत्रकार भेट्न आउनु भाको छ" "ल भित्र पठाईदिनु" एक छिन कुरा गर्छु । कुरा नस्कदै फेरि अर्को मान्छे आउछ कति धेरै आको हो आज त म आफै दंग पर्छु । सुमन संग कुरा नै गर्न पाएन । तिन घन्टा पछि आउदा त सुमन छैन। उल्टै हामी संग कुरा गर्ने फुर्सद पनि छैन कि के हो। के गर्ने मेरो जागिर नै यस्तो छ ।
दिन भरी काम को थकाईले ज्यान नै थकित हुन्छ । फेरि भनेको जस्तो तलब पनि आउने होइन । थकित पाईला हरु बिस्तारै तलतिर ओर्लन्छु । अफिस पनि कति माथि हो आफै लाई दिक्क लाग्छ । के गर्ने काठमान्डौको महंगी लाई टार्न भए पनि जागिर खानै पर्‍यो । दिमाग मा बोझिलो भारि बोकेर घर तिर जान्छु । एका तिर पढाई , अर्को तिर जागिर , घर परिवार बाट टाढा को बसाई, बुबा मोमि को आशेर्बाद, भाई बहिनिको माया त बिर्सन्छ होला अब त तर पनि खोई सोचेको जस्तो कहिले पनि हुदैन । खुसी र रमाईलो संग दिन बिताउन त दशै नै आउनु पर्ने भो ।

मान्छे को भिड, थकित मान्छेको अनुहार, अनि त्यहि भिड भित्र म पनि छिर्छु । हिड्ने अल्छि ले गर्दा अनि झुन्डिन्छु गाडिको त्यहि डन्डी मा समाउदै । बल्ल बल्ल चाबाहिल मा पुग्छु । साथी हरु सबै मलाई स्तुपा मा पर्खिबसेको रहेछ । केटा हरु को काम छैन । "पैसा छ भने जाँड खान जाउँ" "होइन यार पैसा नै छैन " म भन्छु " जाँड नखुवाउने भए सेक्सी हट खुवाउन त " कर गर्छ साथी हरु यो चिया को नाम पनि के के राख्छ के के होट लेमन लाई नाम बिगारेर के के राख्छ के के हुनत नेपाली जानेकै बिगार्न त हो नि । " ल ल चिया मात्रै है त " केटा हरु मख्ख पर्छ । अनि गफ गर्न थाल्छ । " ओई तेरो अफिस को रिसेप्सनस् नम्बर देन यार कस्तो राम्रो छ । " " हें ं ं ं उता हेर्न कति राम्रो मान्छे छ । "ओई तिमि हरु केटि कै कुरा मात्रै गर्छु यसो भबिस्य को कुरा पनि सोच्न यार " म बोल्छु " त्यहि भएर त घरबार गर्ने केटि हेर्दै छु " केटा हरु को कुरा सुनेर मलाई दिक्क लाग्छ । अनि चिया को पैसा तिरेर घर तिर सिधै हानिन्छु ।

" दाई म संग त पकेट पैसा नै छैन " अनि फेरि अर्को बहिनि भन्छ तरकारी त सबै सक्यो । " टाउको दुख्छ झन । साथीको फोन आउछ "हाम्रो परिक्षा को रुटिन आयो नि ।" " ए कहिले देखि " " एक महिना पछि " " ल ल" फोन राखि दिन्छु । फेरि कोपिला को मेसेज आउछ हतार हतार हेर्छु यस्तो लेख्छ "मलाई पैसा पठाई देउन है म संग जिरो छ । छिटै ल

यस्तै मा बित्छ मेरो दिन कतै खुसि त कतै तनाब । थकाई मार्न बेड मा ढल्कन्छु । बिनोद को फोन आउछ उनको प्रस्ताप हामी मिलेर सहकारी फाईनन्स खोल्ने उनको बिचार ठिकै लाग्छ ।

सधै झै अफिसतिर मेरो पाईला हरु अगाडि बढछ । चाबहिल मा पुग्दा सबै गाडि जाम यसो यता उता हेर्छु। उनि आज पनि त्यहि पोशाक मा त्यहि हिडाई अनि त्यहि शैली म हेरिरन्छु। एकछिन कता पुग्यो थाहा नै भएन ।
मैले चक्रपथ सम्म नै हिडेर अफिस पुग्ने अठोट गरे र हिडे । अली पर पुगे पछी पछाडि बाट सानो मेरो कान मा ठोकिन्छ । " आज केको बन्द रहेछ ।" मैले पनि पछाडि नहेरि भनीदिए " खै माओबादि ले चक्का जाम गरेको रे" फेरि उनि बोलि " तपाई कहाँ सम्म पुग्ने हो नि ।" " चक्रपथ सम्म" छोटो उत्तर दिए, अनि पछाडि हेरे त उनि नै पो रहेछ । फेरि उनि बोलि " तपाई चाबहिल मा नै बस्नु हुन्छ होइन " " हो नि मैले तपाई लाई धेरै पटक देखेको छु त्यो गल्ली मा ।" "ए हो र" "हो नि" म एक हिसाब ले खुसी पनि थिए । सोचे आज को बन्द गर्ने मान्छे लाइ मन मन धन्यबाद दिए । "तपाई को नाम भन्न मिल्छ" मैले जिज्ञासा राखे " किन नहुनु म दुर्गा शनराईज बैंक मा क्यासियर मा काम गर्छु अनि तपाई नि " ए म एउटा फाईनन्स म मेनेजर काम गर्दैछु ।" " अनि तपाई को नाम " दिपक अनि तपाई को घर यतै हो को कठ्मान्डौ बाहिर?" यति बेला हामि धुम्बाराहि मा आईपुगि सकेको थियो । अनि मन मन सोचे बाटो अझै लामो भए पनि हुन्थ्यो नि । कमसे कम सबै कुरा गर्न त पाउथ्यो । अनि सबै कुरा गर्दै गए । उनि साच्चि कै दुर्गा जस्तै थिई हसिलो अनुहार, मधुर आवाज। मलाई हिडाई को कुनै दुखै छैन झन खुसि पो थिए । उनको सबै कुरा हरु सोध्दै गए उनि पनि भन्दै थियो । बेला बेला मा मलाई पनि सोध्दै जन्थी । फेरि मैले सोधे " तपाई यहाँ को को नि " " यहा म अनि मेरो श्रीमान मात्र गाँउ मा त म गएको नै छैन। हाम्रो भर्खर लभ म्यारिज भाएको घर बाट स्विकारेको नै छैन । त्यसैले घरमा गाको छैन । खै कैले बोलाउछ थाहा नै छैन ।" अनि म बिनाकारण चिन्तीत भए र चुप लागेर छुटिने प्रयास गर्न खोजे । हुनत उन्को केहि पनि गल्ति छैन अनि मेरो पनि सोचे मेरो भाग मा अरु कोहि छ । उनि मलाइ सोध्दै थिई " तपाई को बिहे त भएको छैन होला है । " अ छैन"" किन नगर्नु भाको नि" छोटो जवाफ दिए " केटि नै पाएन" " तपाई जस्तो लाई केटि पाएन भन्दा त पत्याउन नै गारो भो " " अँ खै साईत नै नपरेको होला " भन्दै म छुटिए उनि भन्दै थिई भरे पनि गाडि चल्दैन होला संगै जानु पर्छ। " यति छोटो समय मा हामि यति नजिक भएको थियो कि जुन कल्पना नै गर्न सकिन । बर्षौ देखि को गफ गर्ने सपना पनि पुरा भो भन्दै सरासरि अफिस पुगे । टेन्सन मुड मा....................

No comments: