तिमीलाई सम्भोधन गर्ने कुनै शब्द भएन नरिसाउनु है
छोटो जीवनको लामो सम्झना, काठमान्डौ को यो भिड नै भिड को सुनसान ठाउ बाट,सर्वप्रथम तिम्राे दिर्घायुको कामना गर्दछु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ, पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा नै भएन । एक्कासी कसैको आवाजले झस्कायो । यस्तो किन हुन्छ ? मन मन नै आफूले आफैलाई प्रश्न गरे । मेरो मनले भन्छ, तिमीलाईमाया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । न त मेरो मन,मस्तिष्क र ढुक्ढुकीलाई नै नकार्न सके न त मेरा यि आँखाहरुलाई नै बन्द गर्न सके । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर तिमी संग भन्न सक्दिनँ वा भनौ म मा त्यो सामथ्य नै छैन । हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून चाहने रहर राख्नु,तिम्राे एक्लो जीवनमा आफ्नो दुःख-सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी नि म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । हुन त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प म संग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन या भनौ म भन्दा धेरै माथीको कुरा हो । त्यसैले तिमी मलाई माया गछ्र्यौ या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।

म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु । यसको मतलव यो हैन की तिमी पनि मलाई नै माया गर्नु पर्छ भन्ने । यदि तिमीमा म प्रति माया छ भने अपनाउन सक्छौ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाइ आशा छ तिमीले स्वृकार छौ भन्ने ! यदि तिमीले मेरो मायालाई जति घृणा र तिरस्कारका वाणरुपी शब्दहरु ले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकी म तिमीलाई स्वछ र निस्वार्थ प्रेम गर्छु ,तिमी प्रतिको मेरो चाहना र प्रेम जब सम्म म यो धतीमा रहन्छु तव सम्म कहिल्यै अस्ताउने वा बिलाउने छैन किनकी म तिमीलाई सच्चा हृदृय देखीनै प्रेम गर्छु । मेरो मतलव यो होइन की तिमी मेरो जीवनमा

आईनौ भने पनि तिम्र्रै प्रेममा तड्पीने पागल प्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन । त्यसैले कृपया यो पत्र तिमीले पढने वित्तीकै मलाई मेल गर्ने छौ भन्ने आशा गदै तिमीबाट आजलाई ओझेल हुनेछु ।
उहि तिमीलाई माया गर्ने
अन्त मा सानो अनुरोध तिमि लाई म के भनेर सम्भोधन गरु जे जस्तो भए पनि तिम्रो पत्र को पर्खाइ मा छु ...............
दिपक
काठमाडौँ
No comments:
Post a Comment