
आज विहानीको चिसो, अनि कुहिरो लाई छिचाल्दै पशुपतिको दर्शन गर्न पुग्छु । मधुर बलेको पोलको बति, सुनसान सडक, अनि थोरै मर्निङवाक गर्न हिडेका मान्छेको समुह । सायद मंसीरको महिना अनि चिसो भएर होला मन्दिरमा दर्शन गर्ने भक्तालुहरु पनि कम थियो । साथी असोक भन्दै थियो “ हे यस्तो चिसो मा पनि मन्दिर आउने भन्छ अब त म आउदिन बरु सुतेर बस्छु । ” “हैन धर्म कर्म गर्नु पर्छ के कहिले काहि त ” “ भो म त गर्दिन तैले त गर्थिस नि खुब धर्म त्यहि भएर भगवानले हेरेको अनि आज यो हाल छ । के पाइस त्यहि टेन्सन होइन ” म बोल्छु “ हेर जे भयो राम्रै भयो, जे हुन्छ राम्रैको लागी हुन्छ ” “भो यस्तो भाषण नदे मलाई ” त्यस पछि हामी चुप भएर दर्शन गरेर कोठामा सिधै हानिन्छौ । म अब १५ दिन पछि अफिसको काम ले कतार जादैछु । आशा छ काम राम्रै हुन्छ होला । तयारीको लागी बिदा मिलेको छ । सोच्छु पोखरा घुम्न जाऊ अनि बिदाको सदुपयोग गरौ । अशोक लाई फकाउछु ऊ तयार हुन्छ ।
बिहानको खाना पछि हामी कलंकी गएर बसमा आरमले जाने सोच अनुसार टिकट काट्यो । हाम्रो सिट सगै परेन । उसलाई अगाडिको सिटमा राखेर म पछाडी सिटमा गए । उसको सिटमा त राम्री केटि पो परेरछ । मैले भने “ ओई सिट साटौन ल” “पर्दैन मलाई बान्ता हुन्छ पछाडी बस्यो भने” “हुन्छ बान्ता मुला बरु भन न त्यहि बस्छु भनेर, म छाडदिन्छु ” म आफ्नो सिट तर्फ गए उनि हरु हानाथाप गर्दै थियो झ्यालमा को बस्ने भनेर म सरासरी आफ्नो सिटमा गएर बसे ।

झुस्स अलिकति दारी, कान छोपेको आधुनिक रातो कपाल, जिन्स पाईन्ट, अनि लेदरको कालो ज्याकेट लगाएको एउटा युवा मेरो नजिक आएर बस्यो । उनको साथमा एउटा हिस्सी परेको सानो केटो थियो, सोचे सायद छोरा होला । एक छिन पछि बच्चा रुन थाल्यो मैले सोधे “उसको मोमी छैन” “घरमा नै छ” दुखी मनले बोल्यो ऊ । लाग्यो उ ठुलो समस्यामा परेको छ । म चुप चाप बसे । उ बिभिन्न उपाय लगाएर बच्चा लाई फकाउन प्रयासमा थियो । कहिले मोबाइल, कहिले कलम, कहिले अरु खेलाउन दिएर फकाउने प्रयास गर्दै थियो । सबै जना भन्दै थियो बच्चाको आमा छैन की के हो .............. ?
मैले कुरा कोट्याउने प्रयास गरे । यति बेला सम्म हाम्रो यात्राले थानकोट लाई बिदाई गर्दै थियो । मैले सोधे “ तपाई कहा सम्म” “ चिप्लेढुङ्गा सम्म अनि तपाई नी ”“ खै दाई म त घुम्न हिडेको यसो फेवाताल अनि महेन्द्र गुफा तिर घुमेर फर्किन्छु होला ” “ए त्यसो भए राम्रै हो अनि भाई घर कता नि ”“मेरा काठमाडौ तिरै हो अनि दाई यति सानो बच्चा लाई कीन तपाईले लिएर हिडनु भएको दुध खादै होला है ” उनको अनुहारमा एक्कासी परिवर्तन देखे । आँखाको डिल डिल सम्म आसुहरु छचल्किएको थियो । अनुहारमा पिडा देखिन्थ्यो । उ आफ्नो बृतान्त सुनाउन थाल्यो ।
उ बोल्न थाल्यो मन भरि ठुलो चोट अनि पिडा बोकेर “हेर भाई जिन्दगीमा प्रेम गरेर ठुलो भुल गरेछु । केटिको मन कोमल भन्नु मात्र ढुङ्गा भन्दा पनि कडा हुदा रहेछ । हाम्रो लभ परेको ४ बर्ष पछि बिहे भयो । मेरो परिवारले मानेको थिएन । मैले उनको खुसीको लागी नै परिवार त्यागेर उनी सँग विहे गरे ” । उ बिच बिचमा भक्कानिदै रुन्थ्यो । अनि भन्थ्यो “के गर्ने भाई न त विर्सन सक्छु न त फेरी उनलाई ल्याउन नै” उनी गह भरी आँसु पारी रुन थाल्यो कति कोमल मन भएको मान्छे रहेछ । बच्चा बेला बेला रुन्थ्यो अनि भन्थ्यो “बाबा हाम्रो मोमी कहा जानु भको ” बच्चाले त्यसो भन्दा उ बोल्न नसकेर चुप लागेर बस्थ्यो । नौबिसेमा पुगेर खाजा खान बस रोक्यो । मैले भने “दाई खाजा खान जाऊ”“हैन भाई मलाई केहि खान मन लागेको छैन दुई दिन भयो केहि खाको छैन”

म खाजा खान ओर्ले उता अशोक बिन्दास रहेछ “ओई खाजा खाने होइन कि यतिकै बस्ने” “म खदिन तिमी जाउ”“ए त्यसो पो ”“मैले ति केटि तिर फर्केर बोले “तपाई पनि हिडनुस न बाटोमा कता जाम पर्छ थाहा छैन फेरी भोक्कै भयो भने”“अ त्यो त हो” उनी मधुर स्वरमा बोली “जाउ न त सबै जना” हामी सबै खाजा खान गयौ । उनी पर गएको मौकामा अशोक लाई भने “ओई के हो केटी आए पछि त खाजा खाने भयो हैन ”................................ बाकी अर्काे भेटमा
No comments:
Post a Comment