दुखिरहने मुुटुुलाई दुुखको के पीर हुुन्छ ।
बगिरहने आसुुलाई परेली के भीर हुुन्छ ।
भो नदेउ आशीर्बाद दीर्घायुुको अब मलाई
मुुटुुभरि घाउ बोक्ने मान्छे कहाँ चीर हुुन्छ ?
अलिकति पनि छैन जिन्दगीमा खुुशी भन्नुु
दुुनियाको रवाफमा ठाडो कहाँ शिर हुुन्छ ।
सबैबाट हारे पनि जिन्दगी त बाँकी नै छ
विष नै देउ बरु, अब मलाई खिर हुुन्छ ।
---------------------------------
तिमी मेरो जिन्दगीमा आईदियौ, खुशी लाग्यो
मनभरि माया बोकी ल्यायौ, खुशी लाग्यो ।
कति नीरस थियो, यो जीवन
कति बेरंग थियो, यो जीवन
तिमी आई रंग भर्दियौ, खुशी लाग्यो ।
मलाई अभाव थियो, तिम्रो
मलाई खाँचो थियो, तिम्रो
तिमी भरिपूर्ण भई आईदियौ, खुशी लाग्यो ।
म कति एक्लिएको थिए,
म भित्र भित्रै जलिरहेकी थिए
तिमीले एक्लोपना मेटाईदियौ, खुशी लाग्यो ।
म बाहिर हाँसिरहेको थिए,
म भित्रभित्रै रोइरहेकी थिए
तिमी आई अन्जुली थापी दियौ, खुशी लाग्यो ।
- Bishnu
No comments:
Post a Comment