फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको मनहरु, बर्षादमा बगेको खहरे जस्तै बगेको आँसुहरु जुन चाहेरपनि रोक्न सकिन । यस्तै भयो जिन्दगीको कथाहरु जुन नब्बे सालमा गएको भुइचालो अनि सुनामीले पारेको तहस नहस जस्तै चाहेर पनि बिर्सन नसक्ने ति क्षणहरु पल पल मा सम्झना बनेर मनभित्र ढुकढुकी सँगै घुमीरहदा रहेछ ।
मान्छेको मन पनि फरक फरक हुदा रहेछ कोहि खुसी दिएर खुसी हुन्छ कोहि आँसु दिएर खुसी हुन्छ । मलाई लाई धेरैले भन्थ्यो प्रेम गर्ने कुरा होइन, यसमा त क्षणिक मनोरञ्जन गर्ने एउटा साधन हो कसैको खुसी संग किन रमाउने । म चाहन्न थिइ कसैको मनमाथी खेलवाड गर्न तर त्यहि हुदा रहेछ । आज त्यहि झुटो प्रेममा फसेको छु माझीको जालमा माछा फसे जस्तै जुन कहिले निस्कन नसक्ने गरी । मरुभुमी जस्तै नाङ्गिएको छु कहिले पालुवा नआउने गरि । आनौठो साइनो छ जुन चाहेर पनि बिर्सन नसकिने । मलाई यो पनि थाहा छ ”प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो ” अनि फेरी भुल्नु नै पर्ने बाध्यता । जिन्दगीको तितोमिठो भोगाइहरु, कठिन रातहरु, अनि एक हुदाको पलहरु, सिसाकलमले लेखेको जस्तै मेटन मिल्ने भए मेटिदिन्थे अनि फेरी खुसीको अर्काे जिन्दगी जिउथे । अनि भन्दै हिडथे ” खुसी छु म आज तिमी भन्दा धेरै........................................ तर सोचे जस्तो हुन्न रहेछ । अरुण लामाको गित याद आउछ, ” सोचे जस्तो हुन्न जिवन................ ।
जिन्दगीको कथाको अर्काै पाना पल्टाउने प्रयासमा छु । जहाँ दुबो जस्तै कहिले नमर्ने गरी सधै हरियाली हुनेछ । बेली चमेली फुल्ने छ । न्याउलीहरुले बिरह गाउन छाडने छ,, माया प्रेमको अर्काे एउटा नया परिभाषा बन्ने छ । रहरहरु बसन्तको फुल जस्तै फुलीरहने छ ...........................................
No comments:
Post a Comment