मन भित्र उर्लिएका
भाबना हरुलाई पोखनु सकेको भए !
पोखरी मा जमेको पानी
खहरे झै बगे जस्तो अनुभब हुन्थ्यो होला !
मुटु भित्र निसासियको धुकधुकीफेरी आफ्नै गतिमा चल्थ्यो होला !
मध्यरातमा निद हराउदै
लाखौ कल्पनाका बेगहरु सङ्ग सङ्घर्श गर्नु पर्दैन थियो होला !
मस्त निद्रामा निदायर
सपनाको दुनियामा हात् तिम्रो सामउदै
खुसिमा रमाही रहेको हुन्थे होला !
तर,
न त साथ तिम्रो रहयो ,
न त मनका पिडा पोखन नै सके !
तेसैले,
फेरि आज सधै झै तारा हेरेर
मध्य रातमा
तिम्रो यादमा एक्लै टोलाहि रहे
No comments:
Post a Comment