साभार गजल

मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौहजूरकै छाती भित्र अटाउछु भनेकी थ्यौ ।
अधुरो छ कथा मेरो अँध्यारो छ घरपनिमायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।
वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।
छाया जस्तै हासो खुसी , कति दुखी यो समयतर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।
उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौकृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।

गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ ।
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
उनलाई पाउन दीपक' आफै दिपकबाट झर्न सक्छ ।


जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा
हरेक पलहरु काटें मैले खुशीको आशमा ।
सधैं भीडमा हराए नि आखिर हुन्छु
एक्लैजिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा ।
एकान्तको निरश पलमा कसैको साथ खोज्छु
आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा ।
यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो
कहिले आउला रमाउने पल मीठो मधुमासमा

No comments: