
बिहानी को परिलो घाम बाक्लो कपडा लगाएर गन्तब्य तिर लम्किएको मान्छे । भर्खर मात्र होला घामले मन छुने गरी तातो भएको अनि त्यहि तातो घाम सँग रमाउन र केही बोझिलो मनलाई शान्त पार्न डाँडा तिर लम्किदै वा भनौ एक्लै एकन्तमा रमाउने बानी परेको छ । आजभोली, खै किन हो एक्लै बस्दा नै मन आनन्दीत जस्तो हुन्छ माघ को महिना चिसो अलि बढि छ । जता पनि चङ्गा उडाउने र घाममा रमाउने मान्छेको चाप अली बढि छ । तर म अरु भन्दा फरक सोच् मा छु । म आफ्नो मन् लाई डुलाउने र मन को घाउ मेटाउन त्यहि डाडाको कुना मा बस्छु।
सुखी सन्सार, खुसी मन लाग्थ्यो कति रमाईलो छ जिवन् कति सुन्दर छन दिन हरु, जब कोपिला मेरो साथ मा थियीन् । मेरो दुखमा अनि खुसि मा, मेरो आशुम अनि हासो मा हरपल मेरो मन भित्र थियो । पुरानो दिनको याद् आउछ । गाउँ बाट सहर पढ्दै गर्दा उनि संगको पहिलो भेट अनि त्यहि भेट बाट एउटा राम्रो , सहयोगी र मिलनसार सथी थियो हामी । हरपल एक अर्का लाई सहयोग गरी रहन्थ्यो । एक दिन नोट सार्ने बाहानामा उसले मेरो कापी मा लेखेकी थिई । आकास र धर्ति को सम्बन्ध ```सुमुन्द्र र त्यसको पिध को सम्बन्ध ```अनि तिम्रो र मेरो सम्बन्ध `````` कोपिला । साच्चीनै भर्खर फुल्न लागेको कोपिला जस्तै थिई । नौनी भन्दा पनि कोमल मन, गुलाफ को पत्र भन्दा पनि नरम, जुन जस्तै मुस्कुराउने मुहार, अनि सधै भरि प्रयास गरिरहने प्ररिऋमी बाटुलो गहुगोरो अनुहार सायद धेरै ले उसको बारेमा भन्दा यस्तै भन्थे होला म भन्दा उनि अलिकति मात्र होचि थिई। म सोच्ने गर्थे म कति धेरै भग्यमानी छु । अनि फेरि सोच्ने गर्थे म जस्तो खुसी र सुखी यो संसार म अरु कोहि पनि छैन होला , भन्ने गर्थे । कसैले नदेखिने गरि उफ्रि उफ्रि नाची दिन्थे ।अनि धन्यबाद दिन्थे भगवान लाई । अनि भन्थे सधै भरि यस्तै खुसी बाची रहन पाँउ । "दाई चंगा किन्ने हो" एक्कासी एउटा सानो भाई ले झस्कायो मलाई " किन्दिन" छोटो जवाफ दिए। त्यो भाई ले कर गरपछि १० रुपैया मा किने। यसो यता उता हेरे केटा केटि, तन्नेरि तरुनि हरु पनि चंगा उढाई रहेको थियो ।म पनि चंगा को धागो लाई माथि मथि छोडदै थिए। फेरि सोचे कोपिला लाई पनि यस्तै माथि माथि पुगेको हेर्न मन लाग्यो अनि चंगा लाई तल झारेर कोपिला को फोटो राखेर चंगा को धागो लाई माथि मथि छोडदै थिए। फेरि सोचे कोपिला लाई पनि यस्तै माथि माथि पुगेको हेर्न मन लग्यो अनि चंगा लाई तल झारेर कोपिला को फोटो त्यहि चंगा को माथि राखेर चंगा को धागो लाई माथि माथि छडदै गए उनि धैरै माथि खुल्ला आकास मा यता उता स्वतन्त्र रुपमा घुमेको देख्द खुसी लाग्यो अनि पशुपति तर्फ फर्केर कामना गरे उनको परिवारले हाम्रो माया लाई छुटाए पनि, रुवाए पनि अबको दिन उनलाई कहिले दुख पिडा नहोस ।
कति खेर आखा को डिल नाघेर आसु हरु बगेछ थाहानै भएन । अनि आफै लाई सम्हाल्दै चंगा लाई माथि माथि पुर्याउदै गए । अरु संग दाँजे सबै भन्दा मथि मेरो थियो । म धेरै खुसि भए।

तर
मेरो चंगा को धागो छिनेर चंगा हराउन थाल्यो म त्यसको पछि लाग्न थाले । एक्कासी लडेर हात र खुटा मा रगत ले रातो भो । रगताम्य भो । म चंगा भन्दा पनि त्यहि फोटो चाहन्थे । हेर्दा हेर्दै एउटा भएको फोटो पनि छिनेर लग्यो पापी भगवान ले उनको सम्झनाको एउटा फोटो ले पनि छाडेर आकाश म बिलिन हुदा आखा बाट साउन को भेल सरि आसु बगाउनु बाहेक केहि गर्न सकिन ।