आफनै नै टाढा

खोज्नु मात्र जिवन भए
सुख मात्र खोजी दिन्थे ।
रोज्नु मात्र जिवन भए
खुसी मात्र रोजी दिन्थे

तर
खोजे जस्तो जिवन हजुर
हुन्न रहेछ यहाँ
रोजे जस्तो जिवन हजुर
पाईन्न रहेछ यहाँ

के अर्थ खै जिन्दगी को
आफन्तै नै टाढा हुन्छ ।
बिर्सन खोजे भने
मन मा झन गाढा हुन्छ ।

कसलाई आफ्नो भन्नु खै
आफन्तैले धोका दिन्छ ।
जति माया दिए पनि
चोटै चोट को पोका हुन्छ ।

No comments: