गजल

जता जता भत्के पनि, मन बुझाउनु पर्ने रै 'छ
मनलाई जति थुमथुम्यौछु, आशुको भेल झर्ने रै' छ

जिन्दगीले कोल्टे फेर्ला , आशी आशमा बित्यो जीवन
फूल संग दज्थे सबै ले , काडा बनी बिझ्यो योबन
जतातेतै फाटे पनि बाच्न सिउन पर्ने रै छ
मनलाई जति थुमथुम्यौछु, आशुको भेल झर्ने रै' छ

हास्ने रहर पलाए नि छ्ण भरमा नै पहिरो जान्छ
कती समझाऊ यो मनलाई सधे इच्छा मार्ने पर्छ
आखाका यी नानिलाई मुहान बन्नै पर्ने रै' छ
मनलाई जति थुमथुम्यौछु, आशुको भेल झर्ने रै' छ

No comments: