गजल

एक अर्कामा साटने माया , आफैभित्र पोको परी
पर्देशमा गयो तिमी मलाई यहाँ एक्लै छाड़ी
दिन बित्छ बल्लतल्ल, रात बित्नलाई भयो भरी
पर्देशमा गयो तिमी, मलाई यहाँ एक्लै छाड़ी


तिमी बिना रोएको छन, हामी सधै हिड़ने पाखा
चोइत्याई दिन्छ मनलाई, बिरहमा गाउंने भाका
उडन थालेको छ हजूर, मेरो मन पारी पारी
पर्देशमा गयो तिमी, मलाई यहाँ एक्लै छाड़ी

आफन्तले खोजेको छ गाउँगघरले पर्खेको छ
जति भुल्न खोजे पनि सम्झना झन बढेको छ
आखा बाट झर्छ हजूर बर्षे सावनको झारी
पर्देशमा गयो तिमी, मलाई यहाँ एक्लै छाड़ी







No comments: