तपाई बढी रचनात्मक बन्न खोज्नु हुन्छ भने कसेको प्रेममा डुब्नुस । अर्थात विशुद्घ प्रेममा, यौन सम्बन्धमा होइन । पछिल्लो अनुसन्धान अनुसार कसैको मायामा लुटपुटिदा जो पनि बढि रचनात्मक हुन सक्छ । बिशुद्घ प्रेमले तपाईको मन मस्तिष्कमा नया – नया विचार आउन थाल्छन् । प्रेमले शरिरमा भएको ति हार्मोनमा सकारात्मक प्रभाव पार्छ अनि मनुष्यलाई रचनात्मक बनाउछ । आम्सटरडम विश्वविधालयका अनुसन्धानकर्ताहरुको अनुसार प्रेमले मनुष्यको सोचाईलाई परिवर्तन गर्छ । अनुसन्धानमा के पाइयो भने प्रेममा मनुष्य भावुक र विनम्र हुन्छन् ।

प्रेमले गर्दा नै उनीहरुलाई कलात्मक काम गर्ने प्रेरणा प्राप्त हुन्छ । मनुष्यमा यो परिवर्तन यौन सम्बन्ध राख्नाले भने आउदैन । प्रम र कसै संग नजिकिने चाहनाले मनुष्यलाई अझ बढी काम गर्न प्रेरित गर्छ । प्रेमले हाम्रो सोचाई लाई तार्किक बनाउछ । प्रमको मनुष्यको मस्तिष्कमा धेरै लामो समय सम्म रहन्छ भने यौनको चाहि केहि बेरका लागी मात्र ।
No comments:
Post a Comment