Digital Dipak
शिरिषको फुल ,किनार र तिमी
शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । हुनत सुगन्ध सधै सधै कहाँ टिक्छ र मानिस जस्तो न हो ।
गर्मीले टाउकामा तापको चट्याङ चुमाईरहेछ । वेगवान गाडिहरु प्रत्येक मिनेटमा अनिश्चितताको भविष्य साचेर दौडिरहेछन् । पुलका आसपामा परेवाहरु ,सँगै केहि युवा युवती शिरमा शिर जोडेर खोलालाई दिललगी गरिरहेछन । शुस्त सुस्त हावाले मलाई चुमिरहेछ , उता शिरिषका पत्ताहरु फुल भार्न उद्दत वनिरहेछ हावालाई गति दिएर । कति वैमान हुन्छन् है आफ्नै ठानिएकाहरु पनि । जिवन शिरिषको फुल भईदिए के हुन्थ्यो ? नभईदिए के हुन्थ्यो यस्तै प्रश्नमा अलमल अलमाल भएर हेरीरहेछु क्षितीज जहा अस्ताउछ एउटा घाम ,जुन लाई पालो दिएर । कति अनिश्चित छौँ है हामि ।
मान्छे हो मन छ ,दुख्छ खुसि हुन्छ । सधै सधै एकैनाशत कहाँ हुन्छर ? कति कथाहरु आशुले रचिएका हुन्छन् ,कति कथाहरुले आशुलाई सिकायत गर्छन । सायद हो रैछ । बोटहरु पानिले निथु्रक भिजाएको दिन पनि यहि थिए , घामले लत्याकलुक वनाउदा पनि यहि छु । फरक धेरै छ ,वस तिम्रो याद उहिगरि सुसाई रहेछ ।
कस्तो भुलेको ? गलासमा खन्याइएको कोक तातिसकेछ । फुरर उडेर एउटा शिरिषको फुल त्यहि कोकमा आएर तैरीन थाल्यो अव पिउकी नपिउ दोधार भएर टोलाई रहे टोलाई रहे । यस्तै अलमल अलमलको विचवाट हिडेको यात्रि कहिले सम्हालुङमा सेवारो गरेर फर्किन्छ , कहिले चिहान घारीमा लास गन्न भ्याउछ । थाहा छैन किन भिज्छन् परेलीहरु , किन रुझ्छन कागजका पत्ताहरु ? न यि प्रश्नको उत्तर फुलले दिन सक्छ , न वेगवान खोलाले दिन सक्छ ।
चिहाईरहेछन् वुद्धका आँखाहरु चिम्निहरुवाट । यहिवेला आमाको याद आहिरहेछ । कति सपना देखाए हुर्काउनु भएको थियो मलाई । न मैले आफ्नै भाग्य रेखा कोर्न सकिरहेछु ,न आमाकै फुटेका हत्केला टाल्न सकिरहेको छ । म प्रति फर्किएका आँखाहरुलाई निरासा दिएर हराए भने कति धिक्कार हुने छु । कुनै दिन तिमी पनि आमा हुने छौँ , सन्तान जन्माउने छाँै । अगारले कोरीदिदि हौँ भाग्य रेखा । आजभोली आँखाका भाषाहरु फेरीए , सम्वन्ध सुगन्धहरु फोर्सा हुन थाले तैपनि आशाको दियो सकाल्काउदै छु हेरौ कहाँ रोकिन्छ रेखा ।कहाँ पुगेर बांगिन्छ रेखा । छ्या कति निरास भएको म ? आजभोली किन भावुक बन्दैछु ?जिवन निरासा होर ? नैराश्यताको कालो वादल किन मुडारी रहेछ आँखा भरि ? भित्ताका फिल्मी पोष्टरहरु विना जवाफ सुनिरहेछन् ।
के मागेको भाई ? साहुनी नजिक आएर सोध्छिन् ।
ओफ सुन्ने गरि वोलिएछ । अब के भनौ चुरोट भनौ जिन्दगीमै नखाएको चिज , रक्सि भनौँ त्योपनि होईन , कोक भनौँ गलासमा बाँकिनै छ । भन्नुत छ के भन्ने । यस्तै यस्तै प्रश्नहरु जिन्दगीमा पनि सोधिदैछन् । साउनीले क्रिम लागाएकी छैनन् तर पनि सुन्दर छिन । कपाल कोरीए जस्तो देखिन्न , स्तन खुत्लुक्क झरेको छ ,सायद उनका दुई सन्तानहरुले लछारेर होला ,चुसेर होला । वैँसमा कस्ति थिईन होला ? खोला किनारमा सेन्टिवेराले वारेका डेढ तले घर । फुसले छाएको भएपनि त हुन्थ्यो ,तातेको जस्ताको गर्मी भतभत पोलीरहेछ , खोलमा चिसो पानी वगेर पो के गर्नु ।
किन एकोरीएको भाई ?
केहि पनि होईन , गर्मीले हैरान पार्यो ।
भोग्नु पर्छ भाई कस्लेपो दु:ख पाउ भन्छ र ?
ठिकै छ माछा खुवाउनु न । एकतमासले धुमधुमत वस्न उनलाई पठाइदिए ।
———–
किन जुध्यो आखाँ भन्थे माया वस्न रैछ
किन वस्यो माया मुटु दुख्न रैछ
किन वस्यो माया मुटु दुख्न रैछ
एउटा एफ एमवाट गीत बज्न लाग्यो । मध्य दिँउसो किन यस्तो गीत बजाएको होला । फोन गरेर गाली गारौँकि जस्तो लागेको थियो फेरी छोडिदिए । भुरर उडेर चराहरु उहि शिरिषको बोटमा अडिए । सम्झे दिनभर को काम छोडेर किन यता अलमलिएको होला ? लाग्छ केवल आर्दश वाचिरहेछ जिवनमा । न हासेको दिन कहाँ छर तर दिलको पर्दा विस्तारै घमिलिएको निक्कै भईसक्यो ।
हावाले तिम्रो केश उडाई रहेथ्यो । मगमग वासना नाकै को डिल भएर मलाई जिस्काउथ्यो । चियाई चियाई हेर्थे तिमीलाई । आँखा जुध्दा लाजले भुतुक्कै बन्थे । कहिले चलाउथ्यौ , कहिले हिक्उथ्यो । छातिले घोच्दा जिरिङ्ग वनेको यादले छोएर वगिदिन्छ पल पल । ओठहरु चुम्वन गर्न आतुर थिए , तर रोकिदिए आफै । कुराको वाहानमा चल्दै यसै ठोकाईदिन्थ्यौ छाति कुइनासँग ,कुमसँग । कति मिठो थियो त्योआनन्द । तिमिले हात राज्न लगाएकी थियौ दायाँ कि वायाँ । मैले रोज्न सकिने । रोजको भए के हुन्थ्यो होला ? यहि प्रश्नको उत्तर खोजेर हिडिरहेछु हावाको लयमा ।
चिया पसल अघि यतिकै फालिएको कागजको टुक्रामा यस्तै लेखेका पढ्न पाएपछि सारा काम छोडेर वेतमास खोला किनारमा आहिपुगे । मैले हात दिएको भए के हुन्थ्थो ? यस्तै प्रश्नहरु छन मसँग पनि । न उत्तर आफुले दिन सक्छु , न अलमलवाट निस्कन सक्छु । गजनीको एसएमएस आयो प्रभु कता हो ? (फेसवुकमा शिवरात्रिमा जन्मिएको भन्दै गफल दिएर फोटो राखेको प्रभु भन्न थाले बा) भोली वन्द हो रे केहो खवर पाउ । खवर बेचेर बाचेको मान्छे ,आफ्नो खवर कसले बढिदेला खै ।बरु कागजमा लेख्ने को थियो ? किन च्यातेर फाल्यो खोज्नु थियो ।
कहिले निस्पट अध्यारो ,धिम धिम उज्यालो यस्तै यस्तै । खुलेर रुन सक्दिन ,खुलेर लेख्न सक्दिन । फेसवुकको दैनिकको अपडेढले गनगने भन्न थालिसक्के । धन्न तिमीले भनेकी छैनाँै । यो सार्वजनिक जीवन कति दुखदायि छ है ,न चाहेका गर्न मिल्छ , न दिल खोलेर रुन मिल्छ ,न दिल खोलेर बोल्न मिल्छ । अरुका निम्ति बाच्नु पर्ने ,अरुकै निम्ति हस्नु पर्ने । गरिव जनताको नाममा दुई करोड ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ , सरकारी निकायको प्रत्यक्ष संलग्नता भएको शंका गरिदै छ ,राम्रो स्टोरी हो । कता हो ? फेरी अर्को एसएमएस आयो । अव सुखै थिएन । जीवन सोच्न , कल्पनामा हराउन पनि पाईदैन । कस्तो प्राविधिक वनेको जिवन फ्याट फ्याट चलदिनु पर्ने । एउटा वस आयो ,उक्लिएर । शिरिषको भरिरहेथ्यो सुस्त सुस्त ,खोला वगिरहेको थियो उहि तालमा । तर मन ………वस यति । - ~गिरिराज बाँस्कोटा~
शिर्षक :
कथा
बिगत को पाना
जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति
भएर होला। नरिसाउ अब देखी म तिमीलाई जुनु भन्छु है ...
तिमीलाई छुन अध्यारोको साहारा लिनु परेन कहिले न त तिमीलाई छुन उज्यालोको साथ नै लिनु प¥यो अझ भनौ भने जुनुु तिमीलाई मैले छुनु नै परेन , अझ त्यतिमात्र नभनौ तिमीलाई मैले छुन नै चहिन, छुन नचाहेको पाप लाग्ला भनेर हो तर पापी रहेछु क्यारे रुनु प¥यो मलाई तिमीलाई भन्दा धेरै, दाग लाग्ला जुनमा कतै तिमीलाई छुनु भन्दा पहिले हजार पटक सोचेथे मैले त्यसैले बरिष्ठ पाखुरा प्यारालाईसीसको जस्तै कामेको थियो तिमीलाई छुन खोज्दा, छुन डराउनेले कसरी हात थाम्ला जिन्दगीभर, कसरी साथ निभाउला जिन्दगी भर के यस्तै सोचेर मुटु फिर्ता मागेकी हो त जुनुु तिमीले । तिमीलाई मैले निशंकोच छोएको भए, तिमीले पनि निर्विरोध छु दिएको भए बढी भन्दा बढी हामी प्राकृतिक बन्थ्यो बढि भन्दा बढी
हामी दुनीय विर्सन्थ्यो, एक छिन स्वर्गीय आनन्दमा हुन्थ्यो त्यति मात्र तर जुनुु छुदै नछुएको मनको गहिराईमा किन पुग्नु म । म त मनको स्पर्सलाई जिवनको सहयात्रा ठान्दा ठान्दै पनि त्यहि स्पर्स बाट एकाएक करेन्टको झटका लागेझै धेरै पटक उछिटिएको मान्छे । जुनुु कोहि बिना कोहि बाँच्नै नसक्ने पनि होइन । जस्तो तिमी बिना म र म बिना तिमी बाच्नै नसक्ने पनि होइन तर पनि कुनै समय यस्तै लाग्थ्यो हामीलाई कुनै दिन । लाग्थ्यो जुनुु बिना दिपक अपुरो छ अधुरो छ र सायद जुनुुलाई पनि लाग्थ्यो दिपक बिनाको जुनुु अपाङ्ग छे असाहय छे तर यथार्थ त्यो रहेनछ । जुन आज हाम्रो अगाडि छर्लङ छ । आज साथ छुटि सके पनि तिमी मेरी नै हो रे यथार्थ हाम्रो जे होस अझ यो मन त के भन्छ थाहा छ जुनुु तिम्रो लागी यो ज्यान सधैको लागी हाजीर छ रे ।
पुरानो डायरी पल्टाउदै हेरे २०६२ मंसीर महिनाको शनिबारको दिन रहेछ पहिलो दिन तिमी र म घुम्न निस्केको चोखो मायाको शिलान्यास गरेको, माया पीरतीको डोरी बाटन थालेको अनि सुनौलो भविष्यको कल्पनामा पशुपतिको कैलाश डाडामा गएर गफ गर्ने बाहनामा बदम किनेर खाएको । तिमी पनि बा आमा लाई ढाटेर आयो होइन पशुपति । खै जुनुु त्यो दिन मलाई लागेको त्यस्तो होकी तिमी राम्री नै थियो थाहा छैन तर त्यति धेरै मान्छेको हुलमा तिमी भन्दा राम्रो अरु कोहि देखिएन । मन मनै कल्पना गर्न भ्याई हाले हामी आकाश भन्दा माथी छौ सुन्दर सपना को महलमा तिमी अनि म । तिमी कति सुरो है जुनुु छोरी मान्छे भएर पनि । म त कुनै केटी मन परे पनि तिमी लाई माया गर्छु भन्न सक्दिन । धेरै डर लाग्छ । तर तिमीले त कति सजिलो गरी भन्यो कि म संग जिन्दगी बिताउन चाहन्छु भनेर । म कति कायर है जुनुु मैले त तिमी संग प्रेम सम्बन्धी केहि कुरा नै गर्न सकिन फेरी तिमी पनि कीन लजाएकी नि । त्यो मन्दिर, हरियो चउर, त्यो रुख अनि हामीलाई टुलुटुलु हेरीरहेको पशुपतिको गजुर नै साक्षी होला है हाम्रो मायाको ।
असोज महिना, बिस्तारै बढेको चिसो, दशै सकेर शहरमा पढन आएको म । बिहानीको मिर्मीरे उज्यालो, चिसो हावा अनि बाक्लो हुस्सुलाई छिचोलेर बल्ल बल्ल कक्षामा पुग्दा टन्न भरेर ठाउनै थिएन । फेरी प्याक हुदा पनि किन तिम्ले नै बस्न दिएको नि । साथीले तिमीलाई गाली गर्दै थियो किन कोचेको भनेर । मैले त कसैलाई पनि चिन्दैन थिए, कति जाती तिमी, अनि कति राम्री, कति धेरै साथी तिम्रो, अनि कति मिठो बोली मलाई मात्र लागेको हो की तिमी थियो नै त्यस्तै । तिमी संग पहिलो दिन परिचय नभएपनि तिमी पहिलो साथी थियो मेरो त्यो कक्षामा । हुुन त पारु तिर्थ पनि त्यहि कलेज मा पढने भनेको थियो तर खै देखिएन । फेरी तिमी भए तिरै किन डेरा सरेछु तिमी पनि किन आएको नि मैले नै टयुसन पढने ठाउमा । हो जुनुु मैले नढाटी भन्नु पर्छ तिमीलाई त मैले त्यति खेर सम्म एउटा घनिष्ट साथी मिल्ने साथी सोचेको थियो पारु जस्तै, शान्ती जस्तै सुसीला जस्तै अनि गंगा जस्तै । मैले त तिमीलाई भनेको थियो नि जुनुु हामी सगै नहिडौ सबैले हामीलाई जिस्काउन थाल्यो भनेर तर तिमी मानेनौ उल्टै भन्नेको मुख टाल्न सकिदैन भन्यौ । विश्व अनुप हिमाल लाई हाम्रो कुरा गर्ने बाहना मात्र भयो । फेरी त्यो राकेश सर पनि ”कस्तो राम्रो छ तिमीहरुकोे जोडी ” भन्छ । थाहा छ जुनुु कहिले त मलाई रीस पनि उठथ्यो तर तिमी केटी मान्छे भएर पनि केहि नभन्ने कति सोझी तिमी सबैले जिस्काएर हो त तिमीले मेरो नोटमा तिम्रो र मेरो सम्बन्धको कुरा गरेकी, मायाको कुरा गरेकी, सुन्दर सपना देखेकी हो ।
सायद लाग्थ्यो मैले पशुपति क्याम्पसमा भर्ना गर्नु, त्यहि डी सेक्सनमा पढन बस्नु, तिमी भएति डेरा सर्नु, अनि त्यो बाटोमा तिमी र म मात्र हुनु । तिमी पनि बिहानीको कक्षामा नै भर्ना हुनु, म भए तिरै तिमी पनि ट्युसन पढनु कस्तो संयोग है जुनुु । कहिले त लाग्थ्यो भगवानले नै जुराई दिए जस्तो । सधै भेटे पनि, देखेपनि कस्तो है तिम्रो बानी म संग नै बस्नु पर्ने एउटै बेञ्चमा अनि म पनि झन के भको त जहा तिमी बस्यो त्यहि बस्नु पर्ने, सगै बस्नु पर्ने, एकले अर्काेलाई स्पर्स नगरी त बस्नै नसक्ने । कलेज बन्द हुदा कस्तो टेन्सन हुन्थयो है तिमीलाई अनि पढाई नहुने बितिकै पशुपतिमा मन्दिर घुम्न पुगीहाल्ने । त्यो सडक, गल्ली अनि दोबाटोहरु हामी हिडदा कति छोटो भएको है जुनुु । तिम्रो आगन भई हिडदा तिमी बस्ने घरको छतमा मेरो आखा नचाहेर पनि त्यता तिरनै दौडिहाल्थ्यो अनि साथीहरुलाई भनि दिन्थे मेरो जुनुु उ त्यहा बस्छे जुन तारा जस्तै माथी चम्केर । तिमी मलाई किन त्यति धेरै माया दिएको जुनुु बिहन पढदा पनि सगै हुदा पनि नभएर बा आमालाई ढाटेर मेरो कोठामा नै आउनु पर्ने । झन मेरो बुबा मोमी कोठामा हुदा नआउनु भनेको आयो होइन । पक्रिएन त रंगे हात । बुबा ले तिमीलाई तिम्रो घर कता भन्दा तिमी कस्तो गरी डराएको लाटी । थाहा छ जुनुु मैले बुबामोमी लाई त्यहि दिन नै भनेको थिए मैले मन पराएको केटी यहि हो भनेर । पुस महिनाको महिनाको त्यो चिसो मौसम, बाक्लो कुहीरो अनि जाडोमा कलेज आउनु पर्ने तिमी लाई चाहि कति राम्री हुनु पर्ने टोपी पञ्जा नलगाएर कलेज आउथ्यो । थाहा छ जुनुु तिमीलाई मैले टोपी पञ्जा किनी दिदा तिम्रो जुनुुलाई मात्र ल्याईदिने भन्दै तिम्रो साथीहरुले भन्दा कहिले त एकदम रीस उठथ्यो । किन डाहा गरेको होला है तिनीहरुले । त्यो पशुपति मन्दिरको सबै भित्ताहरुले देवलहरुले मुर्तिहरुले अनि माटोले पनि चिन्छ होला है । अनि मन्दिर भित्रको शिवले भन्थ्यो होला आयो यी जोडीहरु भनेर कीनकी धेरै भएछ तिमी र तिनीहरुको दर्शन गर्न गएको । दक्षिणकाली मन्दिर, गोदावरी, सुन्दरीजल, बालाजु पार्क स्वप्न बगैचा हरुलो पनि भुलेको छैन होला है हामीलाई । तिमी र म कहिले हात अनि कहिले अंगालो मारेर हिडेको । थाहा छ जुनुु तिमी संग हिडदा त मलाई यस्तो लाग्थ्यो मेरो वरीपरी अरु कोही छैन शुन्य छ । आँखामा मनमा, प्रत्यक धडकनमा मात्र तिमी । त्यसैले त तिमी बाट एकछिन टाढा जान सक्दीन थिए अनि तिमी पनि कुनै दिन मेरो मोबाइल अफ भयो भने अनुप र अशोक को मोबाइलमा फोन गरेर दुःख दिन्थ्यो होइन । तिम्रो बुढीको फोन आयो किन मोबाइल अफ गरेका भन्दै आउथ्यो राती । कति मिठो थियो है तिम्रो र मेरो साथ । तिमीले माया गरेरै हो त जुनुु मलाई बाबा भनेका अनि तिम्रो घरमा खाजा खादा मेरै जुठो थालमा खाएको । तिमीलाई घाउ हुदा मलाई धेरै दुख्थयो जुनुु सायद तिमीलाई पनि त्यस्तै हुन्थयो होला ।
पशुपति जादा, दक्षिणकाली जादा तिमीले अर्कै बर मागेकी हौ त जुनुु । किन तिमी एकाएक परिवर्तन हुन थालेको । तिमीलाई त मैले निस्वार्थ प्रेम गरेको थिए । हो जुनुु म हरेक समस्या लडन तयार थिए । तर तिम्रो घरमा म जादा तिम्ले अरुको इमेल किन खोलेको फेरी मेरो आखा पनि कस्तो तिमीले हानेका पासवर्ड देखीहाले तिम्रो नाम पो रहेछ । थाहा छ जुनुु त्यो दिन म छागा बाट खसे जस्तै भए । तिमीले पनि साथी मात्र हो भनेर ढाट्यो । अफिसमा ढाटेर आएको थिए तिमी लाई भेटन कति खेर अफिस पुगे थाहा नै भएन ।
अब त तिमी आधुनीक भयो है जुनुु साथी लाई आइ लभ यु भन्दा पनि साधारण भयो म त पुरानो जमनाको मान्छे तिमीले यस्तै भन्यो होइन मलाई । अनि कति सजिलै गरी भन्यो है तिमी त अब डाक्टर र ईन्जिनियर संग मात्र बिहे गर्छु भनेर । के तिमीले मन्दिर मा गएर यस्तै बर मागेकी हौ त जुनुु । फेरी किन चिनायो तिम्रो साथी कमला लाई सुनिता लाई फेरी किन भन्यो उ मेरो केटा साथी हो भनेर ।
नजिकिदै गरेको परिक्षामा मलाई असर पर्छ भनेर अलिकति पनि सोचेन है तिमीले । जुनुु तिमीले पटक पटक छातीमा प्रहार गरेको भालाबाट म भाग्न नै सकिन । साथीहरु त भन्थ्यो आजको जमनामा पनि निस्वार्थ प्रेम गर्ने हो भनेर तर मैले तिमीलाई कहिले त्यस्तो सोचिन । गल्ती तिम्रो होइन जुनुु मेरै हो दोष मेरै हो तिमीलाई दुनिया बिर्सेर मन पराउनु, मुटु भित्र राख्नु आखा भरी सजाउनु , मन भरि फुलाउनु । कल्पना नै कल्पना मा भित्र डुबेर तिमी सँग सपनाको संसार देख्नु । हो जुनुु म समय अुनसार चल्न सकिन र पो तिमीसंग एकहोरो भइ रहे आफ्नै जिन्दगीको अमुल्य पढाई पनि बिगारे ।
पुर्णीमाको रात पनि औसीको भन्दा अन्धकार लाग्न थाल्यो फेरी तिमीले कति सजिलै गरी भन्यो तिम्रो परिवारले डाक्टर इनजीनियर बाहेक अरु संग बिहे नै गर्दैन भनेर । तिमीलाई तिम्रो परिवार आफन्तको सबै थाहा थियो त फेरी किन म संग सम्बन्धको चाहना राख्यो र फेरी किन म बाट टाढा हुन सक्दैन तिमी मेरो साथी मात्र भए पनि बन भनेर नाटक गर्छाै । कहिले त लाग्थ्यो साथी संग गएर तिम्रो घरमा सबै कुरा गरदिउ अथवा बाटो मा तिमीलाई भेटेर सिन्दुर हालौ तर के गर्नु तिमी नै म सँग खुसी छैन भने के नै पो गर्न सक्छु । तिमीले जहिले पनि भेटदा तिम्रो बिनोदको मात्र कुरा गर्न थाल्यो । धेरै खुसी दिन्थ्यो होला है इन्जीनियर बिनोद ले तिमी लाई । त्यसैले त जुनुु तिम्रो पत्रहरु फोटोहरु सबै तिमीलाई नै फिर्ता गरीदिए । त्यो पल मलाई थाहा थिएन जुनुु म जिउदो थिए कि लास । तिमी हिडने बाटो कुरी बस्थे अनि फर्कन्थे ।
किनकी मेरो आँसुहरुले तिमी सँग बोल्न नै दिदैन थियो । मलाई थाहा थिएन छोरी मान्छेको मन पनि यति कठोर हुदो रहेछ पत्थर जस्तै । मेरो आखाको आँसुलाई त तिमीले साउने झरीको पानी सम्झेछ पल पल बगेको देख्दा पनि तिम्रो मन अलिकति पनि परिवर्तन भएन खै । हो जुनुु मलाई थाहा थिएन कहिले रात पर्छ कहिले घाम झुल्कीन्छ । कहिले खाने समय हो कहिले सुत्ने समय अनि कुनै बेला आफै सोध्थे के म पागल त भइन । के गर्नु जुनुु तिम्रो झुठो माया जालमा यस्तो गरी फेसेकी निस्कन धेरै गा¥हो भयो साचो भन्छु म निस्कन नै सकिन । निस्कने प्रयास गर्दा गर्दै पनि आफुले आफैलाई सम्हाल्दा सम्हाल्दे मेरो परिक्षा पनि सकेछ पछि थाहा भयो मैले परिक्षा त दिएछु खै यो परिक्षा मा तिम्रो शुभकामना पनि आएन । म किन बहुला जस्तो भए तिम्रो लागी यस्तो गरी थाहा छैन तर थोरै अनुभव गरे मान्छे हरु किन आत्माहत्या गर्छ भनेर । फेरी सोच्थे यी सब पिडा तिमीलाई भनेर केहि हुदैन किनकी तिमी त धेरै खुसी छौ ईन्जिनियर को साथ पाएको छौ । म त सडक को धुलो भए तिमीले हजारौ पटक कुल्चिए पनि सहनु पर्छ । दिल उज्यालो छ मन अध्यारो छ औचित्य के रहयो र पुर्णीमाको चम्किलो जुनको पनि ।
हो जुनुु तिमीलाई त मैले भनेको थियो नि धेरै केटाहरुले टाइमपास को रुपमा हेर्छ, मनोरञ्जनको रुपमा हेर्छ, स्वार्थको रुपमा हेर्छ अनि एकै छिन स्वर्गिय आनन्द पाउनको निम्ती हेर्छ भनेर मैले यो पनि भनेको थिएकी तिमीलाई बिनोदले तिम्रो शरिर मात्र चाहन्छ भनेर तर तिमी मानेनौ । मेरो केहि कुरा पनि सुनेनौ । तिमी त धन सम्पत्ति देखेर प्रेम गर्न थाल्यो । फेरी किन मानेनौ त तिमीले बिनोद ले भनेको कुरा किन बिताएनो एक पल उनी सग कि मलाई झुटो बोल्यो तिमीले । म पनि कस्तो है जुनुु तिमीले हजारौ चोट दिदा पनि तिम्रो काम पर्दा समस्या पर्दा , साथ चाहिदा जरुरी काम पर्दा पनि तिमी भए ति गइ हाल्ने । कमला, हिमाल, अनुप, बिश्व हरुले त गाली पनि ग¥यो फेरी किन त्यसकै पछि हिडेको भनेर । तर के गर्नु जुनुु म तिम्रो दुःख सुन्न चाहदिन थिए । त्यसैले त गए यो शहर छाडेर तिमी भन्दा पर । मलाई थाहा थियो जुनुु तिम्रो अर्कै इन्जीनीयर सँग बिहे हुदैछ, इन्गेजमेन्ट हुदैछ भनेर । तर तिम्रो त म टाइमपास वा काम पर्दाको साथी मात्र भए तिमीले ढाटी रहयो मलाई । तिम्रो बिहेमा आउन अघिल्लो दिन नै म यति एयरलाइन्स बाट आएको थिए तर साथीहरुले जान नै दिएन फेरी तिमीले पनि निम्तो नै दिएनौ । किन मैले केहि गर्छ भनेर हो जुनुु फिल्ममा जस्तै ।
असान्त मनलाई धेरै बेरको प्रयासले समहाले सोच अव जे भयो भयो सोचे उ खुसी हुन्छ भने म खुसी हुनु पर्छ मन साने पारेर हुदैन । त्यहि पनि एक पटक भेटौकी जस्तो लाग्यो तर हिम्मत आएन मानौ दोषी पापी म नै हुँ । धेरैले त जुनुु धोकेबाद हो भने कतिले मलाई दोषी देखाए अनि कति ले त भने आईमाईको मन भगवान जानुन । जो जसले जे भने पनि पिडा मेरै मनमा छ जुनुु बेथा मेरैमन छ । प्रेग गर्छुभनेर गर्ने चिज रहेनछ । यसले त आफै तान्दो रहेछ आफ्नै भुलभुलैयामा मान्छे लाई । प्रेममा प्रयोग हुने शब्दहरु प्रेम, माया, बिश्वास, भरोसा, आशा, खुसी, हासो, रोदन, धोका, पिडा पश्चाताप, आदि सम्पुर्ण कुुराहरुमा डुब्न थाले अब म फल स्वरुप एउटा निश्कर्ष निकालेको छु आज भोली मैले । जुन निष्कर्ष ले मलाई जिवन जिउन मदत गरेको छ । प्रेममा मान्छे अन्धो हुन्छ । प्रेममा मान्छे बहिरो हुन्छ अनि प्रेममा मान्छे शुन्य हुन्छ । धोका र बिश्वास भन्ने शब्दको बिचमा अर्काे एउटा अर्काे शब्द हुन्छ त्यो हो भ्रम विश्वास भित्रै पनि भ्रम हुन सक्छ र धोका भित्रै पनि भ्रम हुन सक्छ । हुन सक्छ तिमी र म हिजो दुनिया भुलेर एक अर्कामा हराएको बेला जुन
बिश्वासको जन्म भएको थियो त्यो नै एउटा मिठो भ्रम पो थियो कि त्यसैले त हामी यथार्थ भन्दा माथी उठेर एक अर्काको प्रेम र समर्पणको ग्यारेण्टी दिन्थ्यो दुनीया सग र हुन सक्छ आज तिमीले गरेको निर्णय एउटा धोका हो भनेर सम्झीहाल्नु मेरो भ्रम हुन सक्छ वा तिम्रो बाध्यता हो भन्नु पनि मेरो भ्रम हुन सक्छ । यो भ्रम त जुनुु असमझदारीको उपज रहेछ । त्यसैले जुनुु अब जे भयो सो भयो तिमी बिवाहित जिन्दगीमा छौ अव तिम्रो सम्बन्ध अरु कसै सँग जोडिएको छ । त्यहा असमझदारी लाई जन्मन नदिनु । तिमी हास तिमी खुसि होउ यदा कदा रोई हाले पनि बिगत सम्झेर नुरुनु जुन बिगतमा दिपक हुनेछ । र म पनि प्रयास गर्छु । म पनि जुनुु सहितको बिगत लाई मिठो सपना सम्झेर बाची रहनेछु
सधै भरी
जुनी भरी
अल बिदा ...

Subscribe to:
Posts (Atom)